बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने

२०७५ बैशाख ७ गते १५:५८ मा प्रकाशित


school

काठमाडौं, वैशाख ६ –सरकारले मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने विज्ञहरुले बताएका छन् । 

संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको ‘निजी विद्यालयको चर्को शुल्क वृद्धि र शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने विद्यालयलाई कारबाही गर्नुपर्ने बताए । 

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले कानूनभन्दा माथि कोही नहुने भएकाले निजी विद्यालयले तोकिएभन्दा बढी शुल्क लिन नपाउने बताउनुभयो । उहाँले विद्यालयको शुल्कबारे मन्त्रालयले अनुगमन गर्ने भन्दै बढी लिए कानूनअनुसार कारबाही गर्ने बताउनुभयो । 

निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)का अध्यक्ष विजय साम्वाहाम्फेले विद्यालयले मापदण्डअनुसार नै शुल्क लिएको भन्दै बढी लिने विद्यालयलाई कारबाही गरिने बताउनुभयो । उहाँले शुल्कबारे निजी विद्यालयमा पनि समस्या देखिएको भन्दै समय परिवर्तनअनुसार शुल्कको मापदण्ड परिमार्जन हुनुपर्ने धारणा राख्नुभयो । 

नेपाल निजी तथा आवासीय विद्यालय संगठन नेपाल (एन–प्याब्सन)का महासचिव सुवास न्यौपानेले विद्यालयले लिने शुल्कबारे नियमन गरेर कारबाही गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटाले अनियमित ढंगबाट लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गर्नुभयो । 

अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जीत तामाङले निजी विद्यालयले मापदण्डभन्दा बढी शुल्क लिएकाले फिर्ता गर्नुपर्ने बताउँदै तोकिएको मापदण्डभन्दा बढी लिने विद्यालयविरुद्ध आन्दोलन गरिने चेतावनी दिनुभयो । 

अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौलाले राज्यले निजी विद्यालयलाई नियमन गर्ने कानून बनाए पनि कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।रासस 

You may also Like this

थप समाचार

यि १८ अत्यावश्यक क्षेत्रमा अब हड्ताल गर्न नपाइने
यि १८ अत्यावश्यक क्षेत्रमा अब हड्ताल गर्न नपाइने

सबै प्रकारको यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध गरिएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित ग ...

बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने
बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने

काठमाडौं, वैशाख ६ –सरकारले मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।&nbs ...

कालो बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ?
कालो बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ?

बिरालोसँग जोडिएको केहि अशुभ अन्धविश्वास हो या सत्य यस कुरालाई लिएर प्रायः मानिसहरु अन्योलमा रहने गर्दछन् । जब कुनै बिरालोले ...

युवा राजनीति र सार्थक विकासका मानक महेश
युवा राजनीति र सार्थक विकासका मानक महेश

भक्तपुर – देशभरकै सबैभन्दा कान्छो गाविसका अध्यक्षका रुपमा २३ वर्षमै २०५४ सालको स्थानिय निर्वाचनमा निर्वाचित भएर नेपाली ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...