कक्षा १२ को नतिजा सार्वजनिक, ४२ दशमलव ३३ प्रतिशत उतीर्ण

२०७४ भदौ १५ गते २१:५४ मा प्रकाशित


rastriya-paricha-board

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डले व्यवस्थापन, मानविकी र शिक्षा संकायको परीक्षाफल सार्वजनिक गरेको हो ।बोर्डका अनुसार नियमित तर्फ ४२.३३ प्रतिशत साथै, आंशिकतर्फ ३५ दशमलव ७४ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।


गत बैशाख १० गते सञ्चालित परीक्षामा नियमित तर्फ कुल एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकोमा ८४ हजार ५९३ परीक्षार्थी उतीर्ण भएका हुन् ।

त्यसैगरी आंशिकतर्फ एक लाख २३ हजार १२१ परीक्षार्थी परीक्षामा सहभागी भएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका छन् ।
यसअघि साउन २० मा प्रकाशित विज्ञान विषयको नतिजामा ७९.४४ परीक्षार्थी पास भएका थिए ।

आंशिकका ३८ र नियमिमता ७७ जना विद्यार्थीको परीक्षाफल रद्ध भएको बोर्डले जनाएको छ ।

बोर्डले नेपाल टेलिकका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने व्यवस्था गरेको छ । यस्तै https://www.neb.gov.np  वा https://www.ntc.net.np बाट पनि नतिजा हेर्न सकिनेछ ।

You may also Like this

थप समाचार

नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो
नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पा ...

मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)
मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दिप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । दिल्ली डेयरडेभिल्सबाट मुम्बई ...

‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)
‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)

काठमाडौँ । म्युचअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को संयोजनमा जगत मन्दिर स्कुलको आयोजनामा ‘माफ अन्तर–विद्यालय हस ...

पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल
पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको एकता ठूलो मेहनतले सफल भएको बताएका छन् । राष्ट्रिय सभा गृहमा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...