इयू र यूएनडिपीले निर्वाचन आयोगलाई अनुदान सहयोग गर्ने

२०७४ भदौ १ गते १३:५० मा प्रकाशित


EU-AND-UNDPकाठमाडौं, भदौं १ । निर्वाचनलाई सघाउन यूरोपेली संघ (इयू) र राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले निर्वाचन आयोगलाई थप १६ लाख यूरो अनुदान सहायता उपलब्ध गराउने एक सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन् ।

यूएनडिपी मातहतको इलेक्टोरल सपोर्ट प्रोजेक्टमार्फत निर्वाचन आयोगलाई उपलब्ध गराइने यो सहयोग निर्वाचन प्रयोजनमा उपयोग गरिनेछ । नेपालका लागि इयूका राजदूत रिन्छे टेरिन्क र यूएनडिपी नेपालका देशीय निर्देशक रेनौड मेयरले बुधबार अर्थ मन्त्रालय र निर्वाचन अयोगका प्रतिनिधिहरूको उपस्थितिमा यससम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका इयूको नेपालस्थित कार्यालयले जनाएको छ ।

इयूले यो परियोजनाका लागि सन् २०१२ मा ८४ लाख यूरो वित्तीय सहयोग प्रदान गरिसकेको छ । यो सहयोग नेपालको निर्वाचन आयोगलाई सघाउन खडा गरिएको २ करोड ७८ लाख अमेरिकी डलरको बास्केट फण्डकै एक हिस्सा हो ।

राजदूत टेरिन्कले भनिन्, ‘आउँदा महिनाहरूमा नेपालमा चरणबद्ध रुपमा निर्वाचन हुन गइरहेको सन्दर्भमा थप सहयोग गर्न पाउँदा इयू खुशी छ । नेपालको लोकतान्त्रिक प्रक्रियामा निरन्तर प्राविधिक सहयोग दिन इयू तत्पर र प्रतिबद्ध छ ।’

नेपालमा निर्वाचन सम्पन्न गर्न इयूसँग साझेदारिता गर्न पाएकामा यूएनडिपी खुशी रहेको बताउँदै निर्देशक मेयरले यो सहयोगले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गर्न निर्वाचन आयोगको क्षमता अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
इयूले सन् २००८ र २०१३ मा नेपालमा निर्वाचन पर्यवेक्षण टोली खटाएको थियो । रासस

You may also Like this

थप समाचार

रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?
रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?

रक्सी पिएपछि कहिल्यै अंग्रेजी नबोलेका मानिसले पनि फरर यो भाषा बोल्न थाल्छन् । अरू बेला फिटिक्कै नबोल्नेले एक्कासी अंग्रेजी ब ...

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...