चुनावका कारण कोरियन भाषा परीक्षा प्रभावित नहुने

२०७४ बैशाख २३ गते १६:०९ मा प्रकाशित


eps१९ चैत, काठमाडौं । सरकारले स्थानीय तहको चुनावका कारण दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने भाषा परीक्षा नरोकिने स्पष्ट पारेको छ । परीक्षार्थीहरुमा चुनावका कारण भाषा परीक्षा हुनेरनहुने अन्योल बढेपछि इपीएस परीक्षा निर्धारित मितिमै हुने वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले बताएको छ ।

जेठको २७ र २८ गते इपीएसको परीक्षा हुँदैछ । जेठ ३१ गते विभिन्न प्रदेश दोस्रो चरणमा स्थानीय तहको चुनाव भएकाले परीक्षार्थीहरु जाँच सकेर भोट हाल्न पुग्न भ्याउने इपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले अनलाइनखबरलार्इ जानकारी दिए ।


‘परीक्षामा बाधा आउँदैन । ढुक्कले परीक्षार्थीले तयारी गर्नुभए हुन्छ । परीक्षा दिएर गाउँ फर्किएर भोट हाल्न भ्याउने स्थिति छ’ खतिवडाले भने ।

यो वर्ष भाषा परीक्षाका लागि ७५ हजार ६ सयभन्दा बढी युवाले आवेदन दिएका थिए । त्यसमध्ये झण्डै ४ सयको फारम अवैध भएकाले खारेज गरिएको छ । कोरियाले यो पटक १० हजार २ सय नेपालीलाई लैजानेछ ।

गत वर्ष ३५ सयका लागि संख्या ६० हजार परीक्षार्थी सहभागी भएका थिए । तर, यो पटक कोटा बढेका कारण पनि धेरैको आवेदन परेको छ । यसपटक अनलाइनमार्फत आवेदन लिइएको थियो ।

कोरिया जानका लागि उत्पादनमूलक समूहमा २४ हजार ३८७ जनाले आवेदन दिएका छन् भने कृषि समूहमा ५१ हजार २२० जनको आवेदन परेको छ ।

यो वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ ६ हजार २ सय र उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार कामदार उर्त्तीण हुनेछन् ।

You may also Like this

थप समाचार

छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्
छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्

३ मंसिर, काठमाडौं । छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए । हेलिकोप्टरमा काठम ...

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच
लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच

काठमाडौँ । बासबारी भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले शुक्रबार आफ्ना अध्यनरत विद्यार्थीहरुको निःशुल्क स्वास् ...

गोप्य मतदानको बाधक प्रहरी नै !
गोप्य मतदानको बाधक प्रहरी नै !

गोप्य मतदानबाट जनप्रतिनिधि चुनिने संवैधानिक र कानुनी व्यवस्था छ। मतदाता पनि आफैंले मतदान गरेको मतपत्र सार्वजनिक गरे सजायको भा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...