निर्वाचन आयोग सरकारले जे भन्यो त्यही मान्छः डा. भट्टराई

२०७४ बैशाख २६ गते १०:३७ मा प्रकाशित


bhattrai२६ वैशाख, काठमाडौ । नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय संयोजक डाक्टर बाबुराम भट्टराईले निर्वाचन आयोग निरीह र कमजोर बनेको आरोप लगाउनुभएको छ ।

संवैधानिक निकायहरु दलीय भागवण्डाका आधारमा बनेको भन्दै उहाँले निर्वाचन आयोग पनि सरकारले जे भन्यो त्यही मान्ने अवस्थामा पुगेको बताउनुभयो । ‘प्रत्येक संवैधानिक निकायका मानिसहरु दलीय भागवण्डाका आधारमा नियुक्त गरिएका छन्’ भट्टराईले भन्नुभयो, ‘त्यस्ता मान्छेहरु आफ्नो दलका नेताले जे भन्यो त्यही मान्छन् ।’

चुनाव प्रचारका क्रममा गृहजिल्ला गोरखा आउनुभएका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै एक महिनाको फरक पारेर दुई चरणमा स्थानीय तहको चुनाव गराउन लागिएको प्रति तीब्र असन्तुष्टि जनाउनुभयो । ‘यो सरकारमा भएका मानिसहरुले बुझेर हो कि नबुझेर हो, सामान्य प्रक्रिया पनि लत्याईरहेका छन् ।’ भट्टराईले भन्नुभयो, ‘निर्वाचन आयोग त्यसलाई खुरुखुरु मानेर काम गरिरहेको छ ।’ उहाँले मतदान दुई चरणमा भए पनि गणना भने एकै पटक गर्नुपर्ने बताउनुभयो । नयाँ शक्तिले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नुपर्ने पक्षमा आवाज उठाए पनि त्यसको सुनुवाई नभएको भन्दै उहाँले गणना भने एकैपटक थाल्नुपर्ने बताउनुभएको हो ।

विश्वका अरु देशहरुमा पनि चुनाव चरणवद्ध रुपमा भए पनि गणना एकैपटक हुने गरेको उहाँको भनाई छ । यस्तै दुई चरणको चुनावको बिचमा वजेट ल्याउन पनि नहुने भट्टराईले बताउनुभयो । ‘सत्तारुढ दुई पार्टीको सत्ता स्वार्थका कारण चुनाव दुई चरणमा गर्न लागियो’ उहाँले भन्नुभयो, ‘एउटा चुनाव प्रचण्डले गरेर फेरि अर्को चुनाव चाहिँ शेरबहादुरले गर्नुपर्ने, यो अपवित्र गठबन्धन र भागवण्डा देखियो ।’ सरकारले निर्वाचन सम्बन्धी सबै प्रकारका विधि, प्रक्रियालाई लत्याएको पनि उहाँको भनाई छ ।

नेकपा माओवादी केन्द्रका कार्यकर्ताले गोरखामा नयाँशक्तिका कार्यकर्तामाथि कुटपिट गरेको विषयमा सोधिएको प्रश्नमा भट्टराईले सरकारमा रहेको दलनै आपराधिक गतिविधि र गुण्डागर्दीमा उत्रिएको टिप्पणी गर्नुभयो । ‘सरकारमा भएको दल नियोजित रुपमा नयाँ शक्तिप्रतिन उत्रिएको छ’ उहाँले भन्नुभयो, ‘कुटपिटमा संलग्नलाई छुटाउन प्रधानमन्त्रीलेनै दवाव र धम्की दिएको सुनिएको छ, यो गुण्डागर्दी हो ।’ उहाँले माओवादी केन्द्रले यस्ता घटना गराएर पराजित मानसिकता प्रकट गरेको बताउनुभयो ।

संघीय समाजवादी फोरम नेपालसँगको एकता प्रक्रियालाई पहिलो चरणको चुनाव लगत्तै अघि बढाइने भट्टराईले बताउनुभयो । एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद नभएको भन्दै उहाँले नेतृत्व सम्बन्धी विषयलाई सौहाद्र्रपूर्ण रुपमा टुंग्याइने दावी गर्नुभयो । निर्वाचन पछि नयाँ शक्ति देशको एउटा महत्वपूर्ण शक्तिका रुपमा उदाउने संयोजक भट्टराईको भनाई छ । ‘देशका महत्वपूर्ण ठाउँहरुमा हामीले जित्दै छौं’ उहाँले भन्नुभयो, ‘नजितेका ठाउँमा पनि हाम्रो विचार स्थापित गर्न चुनावले मद्धत गर्नेछ ।’ स्थानीय तहको चुनावलाई पार्टीको विचार गाउँसम्म पुर्‍याउने अवसरका रुपमा पनि दिइएको उहाँको भनाई छ ।

भट्टराईले चुनावको संघारमा देशको राष्ट्रिय राजनीति भने गम्भीर अवस्थामा पुगेको बताउनुभयो । सरकार राज्यका सबै अङगलाई भताभुङ पार्ने दिशामा अघि बढिरहेको उहाँको भनाई छ । ‘अख्तियारको टाउकै काटियो, प्रहरीमा अनावश्यक हस्तक्षेप गरियो’ भट्टराईले भन्नुभयो, ‘अहिले प्रधानन्याधिशलाई पनि छापामार शैलीमा हटाउने प्रयास गरियो ।’ संवैधानिक निकाय र राज्यका अंगहरुलाई आफ्नो स्वार्थ अनुकुल चलाउन कांग्रेस, माओवादी र एमालेले पहिलेदेखिनै प्रयास गर्दै आएको उहाँको भनाई छ । ‘महाअभियोगको नाटक र प्रहसनले लोकतन्त्रको उपहास गरेको छ’ भट्टराईले भन्नुभयो । कतिपय भ्रष्टाचारजन्य मुद्दा अघि बढाउन खोजेकाले त्यसो हुन नदिन प्रधानन्याधीशमाथि महाअभियोगको नाटक गरिएको भट्टराईको भनाई छ ।

You may also Like this

थप समाचार

बुधबारसम्म सरकार विस्तार, फोरम र राप्रपा सरकारमा नजाने
बुधबारसम्म सरकार विस्तार, फोरम र राप्रपा सरकारमा नजाने

३ साउन । सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । मन्त्री सिफारिसका लागि बनेको द ...

गाडीमै महिलामाथि दुव्र्यवहार गर्ने तीनजना समातिए
गाडीमै महिलामाथि दुव्र्यवहार गर्ने तीनजना समातिए

२ साउन । सार्वजनिक गाडीमा महिलामाथि दुव्र्यवहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुले गाड ...

पैसा कति चाहिन्छ दिन्छु, तर २ हप्ताभित्र काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्ः प्रम देउवा
पैसा कति चाहिन्छ दिन्छु, तर २ हप्ताभित्र काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्ः प्रम देउवा

१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको अवस्था महानगर भन्नपनि लाज लाग्ने रहेको टिप्पणी गरेका छन् । उनले ...

केही दिनभित्रै मन्त्रिमण्डल बिस्तारः नेता निधि
केही दिनभित्रै मन्त्रिमण्डल बिस्तारः नेता निधि

१ साउन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मन्त्रिमण्डल बिस्तार केही दिनभित्रै हुने दावी गर्नुभएको छ । कांग्रेसका तर्फ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...