निर्वाचन आचारसंहिताः सरकार मिचेको मिच्यै, आयोग हेरेको हेर्‍यै

२०७४ बैशाख २७ गते १०:०७ मा प्रकाशित


Election-Commission-Nepal_1२७ वैशाख, काठमाडौं । स्थानीय तह चुनावको मिति आउन ५ दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वमा तीन मन्त्रीलाई सरकारमा भित्राए । सरकार टिकाउन संसद्को अंकगणित मिलाउन गच्छदारलाई उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री, गोपाल दहितलाई भूमिसुधार तथा व्यवस्था मन्त्री र जितेन्द्र देवलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्ति गरियो ।

त्यतिमात्रै होइन, निर्वाचन आउन ४ दिन बाँकी रहँदा मंगलबार पनि मन्त्रिपरिषद् विस्तार भयो । मंगलबार फोरमकै यशोदा लामालाई भूमिसुधार राज्यमन्त्री र सुमित्रा थारुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त गरियो ।


सरकारले निर्वाचनको पाँच दिनअघि राजधानीलाई स्मार्ट सिटी बनाउने योजना मन्त्रिपरिषद्बाट पारित गर्‍यो । स्थानीय तह चुनावमा तालमेलमा रहेका सत्तारुढ दल कांग्रेस-माओवादीको योजनामा आएको यो प्रस्ताव ठोस आधार र बजेटबिना पारित भयो । निर्वाचन आचारसंहिता मिचेर ल्याइएको यो योजनाबारे निर्वाचन आयोगले कुनै प्रतिक्रिया जनाएको छैन ।

माथिका गतिविधि प्रतिनिधिमूलकम मात्रै हुन् । निर्वाचन आचारसंहिताअनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि सरकारले नियमित प्रशासनिक कामबाहेक अन्य कुनै पनि निर्णय गर्न पाउँदैन । तर, मतदानको मिति आउन ४ दिन मात्रै बाँकी रहँदा सरकार गम्भीर प्रकृतिका निर्णय गरिरहेको आजको नागरिक दैनिकले लेखेको छ ।

You may also Like this

थप समाचार

रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?
रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?

रक्सी पिएपछि कहिल्यै अंग्रेजी नबोलेका मानिसले पनि फरर यो भाषा बोल्न थाल्छन् । अरू बेला फिटिक्कै नबोल्नेले एक्कासी अंग्रेजी ब ...

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...