निर्वाचन आचारसंहिता उलंघन गर्दै राज्यमन्त्री, कारवाही हुन सक्ने

२०७४ बैशाख २७ गते १७:५२ मा प्रकाशित


Rajya-Mnatriवैशाख २७ । निर्वाचन आचार संहिता उलङ्घन गर्दै बहालवाला राज्यमन्त्रीले सुनसरीमा विभिन्न विकासे कार्यक्रममा सहभागी भएका छन् । भौतिक, पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहता स्थानीय तहको चुनावको आचार संहिता उल्लंघन गर्दै ठूलो परियोजना उद्घाटन गर्दै हिँड्नुभएको हो ।

मेहताले बुधबार इनरुवा–१ मा रहेको खेल मैदानको कबर्ड हल शिलान्यास गर्नुभएको थियो । निर्वाचन आयोगले मतदातालाई प्रभाव पार्न सक्ने भन्दै ठूलो आयोजनाको शिलान्यास तथा उद्घाटन लगायतको काम गर्न रोक लगाएको छ ।

खेल मैदानको कबर्ड हल शिलान्यासको लागि पुग्दा उहाँ समर्थित पार्टी कार्यकर्ता तथा शुभेच्छुक, खेलाडीको उल्लेख्य उपस्थिति रहेको थियो । इनरुवा नगरपालिकाले एक करोड ८४ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागेको कबर्ड हल पुरोहितको मन्त्रोचारणसहित राज्यमन्त्री मेहताले शिलान्यास गर्नुभएको हो ।

मेहताले कबर्ड हल निर्माण स्थानीय खेलाडीका साथै नगरको गौरबको विषय भएको धारणा राख्नुभयो । विकासमा पछि परेको नगरमा एकपछि अर्को पूर्वाधार निर्माण हुँदै गएको र शिलान्यास कार्यक्रममा सहभागी हुन पाउँदा खुशीको अनुभुति प्रकट राज्यमन्त्रीले गर्नुभएको थियो । महतोले सकेको साथ र सहयोगका लागि सदैव तत्पर रहेको समेत बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीले भने बाहालवाला राज्यमन्त्रीले कर्बड हलको शिलान्यास गरेको विषय आचार संहिताको ठाडो उल्लंघन भएको जनाएको छ । निर्वाचन अधिकृत जानकी कर्णका अनुसार उजुरी परे तत्काल कारबाही प्रक्रिया थालिने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले आचार संहिता लागु भइसकेको अवस्थामा शिलान्यास कार्यक्रम गर्नु आचार संहिता विरुद्धको क्रियाकलाप भएको भन्दै यस्तो कार्य भएको पाइए जिल्ला निर्वाचन कार्यालयसँग समन्वय गरेर कारबाहीको प्रक्रिया अघि बढाउने बताउनुभयो ।

You may also Like this

थप समाचार

गुह्येश्वरीद्धारा एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई (फोटो–भिडियो)
गुह्येश्वरीद्धारा एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई (फोटो–भिडियो)

काठमाडौँ । बासबारी, पिपलबोटमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई कार्यक्रम ...

एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्टले आफ्नो रुप फेर्दैै
एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्टले आफ्नो रुप फेर्दैै

८ असार । फोहर र प्रदुषण को कारण कुरुप बन्दै गएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको सरसफाइ कार्यक्रम अर् ...

विश्वको जनसंख्या सन् २०५० सम्म १० अर्ब पुग्ने
विश्वको जनसंख्या सन् २०५० सम्म १० अर्ब पुग्ने

काठमाडौं, असार ८ । विश्वको जनसंख्या सन् २०५० सम्म झण्डै १० अर्ब पुग्ने एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघको आर्थिक तथ ...

लोकप्रिय लोक तथा दोहोरी गायक पशुपति शर्माले ल्याए नयाँ तीज गीत
लोकप्रिय लोक तथा दोहोरी गायक पशुपति शर्माले ल्याए नयाँ तीज गीत

८ असार । लोकप्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा र गायिका जुना श्रीस मगरले ‘माईती भन्छन् किन आइती’ बोलको तीजको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...