प्रमुख निर्वाचन आयुक्त यादवले दिए यस्तो चेतावनी

२०७४ भदौ २९ गते १५:२४ मा प्रकाशित


ayodhi-yadav_1काठमाडौं, भदौ २९ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च र आचारसंहिताबारे राजनीतिक दलहरुसँग सुझाव संकलन गरेको छ ।


आयोगले बिहीबार काठमाडौंमा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरी सुझाव माग गरेको हो ।

निर्वाचन आयोगले राजनीतिक दललाई प्रतिनिधसभाका लागि १४ लाख रुपैयाँ र प्रदेशसभाका लागि सात लाख रुपैयाँ खर्च गर्न पाउने प्रस्ताव गरेको छ । आयोगको प्रस्तावमाथि दलका नेताहरुले सुझाव दिएका छन् ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता कार्यान्वयन र पालना गर्न राजनीतिक दलहरुको ध्यानाकर्षण गराउँदै उल्लंघन गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिए ।

नेपाली कांग्रेसका नेता डा। मीनेन्द्र रिजालले अनावश्यक तडक–भडक र अनावश्यक खर्च रोक्न आयोगले नै पहल गर्नुपर्ने बताए । उनले खर्चको सीमा व्यावहारिक हुनुपर्ने पनि बताए ।

नेकपा एमालेका नेता अग्नि खरेलले निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन आयोगले आचारसंंहिता उल्लंघन गर्नेहरुलाई कारबाही गर्नुपर्ने बताए ।

सामान्य नागरिक चुनाव लड्नै नसक्ने अवस्था आउन लागेको भन्दै उनले निर्वाचन खर्च घटाउन सुझाव दिए ।

साना दलका प्रतिनिधिहरुले भने ठूला दलले आचारसंहिता उल्लंघन गर्दासमेत निर्वाचन आयोग मूकदर्शक भएको आरोप लगाएका थिए । उनीहरुले राज्यबाटै दलहरुका लागि निर्वाचन खर्चको व्यवस्था गर्न सुझाव दिए ।

You may also Like this

थप समाचार

माडीको ‘खास लडाइँ’
माडीको ‘खास लडाइँ’

स्थानीय तह निर्वाचनमा सर्वाधिक चर्चामा रहेको भरतपुर महानगर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि धेरैको चासोमा परेको छ। माओवा ...

शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवा
शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवा

मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइला बिक्री हुने गरेको छ । शवदाह गरेको कोइला खुलेआम बिक्री हुँ ...

सहायक स्तरको कर्मचारीबाट बैंकको पाँच करोड ठगी
सहायक स्तरको कर्मचारीबाट बैंकको पाँच करोड ठगी

कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन्। विद्युतीय चेक ...

जहाँ हुँदैछ निर्वाचनमा रोचक भिडन्त
जहाँ हुँदैछ निर्वाचनमा रोचक भिडन्त

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश शभा निर्वाचनमा केही क्षेत्रमा रोचक प्रतपश्पर्धा हुँदैछ। यो खबर आजको नयाँ  ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...