नयाँ शक्ति र संघीय फोरमबीच यसरी हुदैछ एकता

२०७४ बैशाख ८ गते ११:४० मा प्रकाशित


upendra-baburamकाठमाडौं, बैशाख ८ । नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालबीच एकताका लागि समिति बनाइएको छ ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकाली पार्टी एकता संयोजन समिति गठन गरेको घोषणा गरेका हुन् ।

दुई पार्टी एकताका लागि दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका वैठकमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणालीसमेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन पार्टी एकता संयोजन समिति गठन गर्ने निष्कर्षमा पुगिएको विज्ञप्तिमा उल्लेख छ ।

समितिमा डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई छन् । बिहीबार मात्र मधेशी ६ दलबीच एकता भएको थियो ।

You may also Like this

थप समाचार

यी हुन् मतदान केन्द्रमा के भयो भन्ने थाहा पाउन मात्र दुई–तीन दिन लाग्ने ४ मतदान केन्द्र

९ असार, काठमाडौं । बाजुरा जिल्लामा रहेका केही मतदान केन्द्र सूचनाविहीन रहने भएका छन् । मतदान केन्द्रमा के भयो भन्ने थाहा पाउन ...

विवादास्पद डिआइजी सिलवाल र चन्द, के गर्दैछन् हिजोआज ?
विवादास्पद डिआइजी सिलवाल र चन्द, के गर्दैछन् हिजोआज ?

९ असार, काठमाडौं । नेपाल प्रहरीका दुई विवादास्पद डिआइजी अहिलेसम्म तनावमा छन् । सरकारद्वारा आइजिपीमा नियुक्त र अदालतको निर्णयद ...

करोडौंको गाडी किन्न अस्वीकार गरेपछि सचिवको सरुवा
करोडौंको गाडी किन्न अस्वीकार गरेपछि सचिवको सरुवा

काठमाडौं, असार ९ । सार्वजनिक खरिद ऐनविपरीत करोडौंको गाडी किन्न अस्वीकार गरेपछि दोस्रो चरणको स्थानीय तह निर्वाचनको पाँच दिनअघि ...

मतपत्र च्यात्नेलाई पाँच बर्ष जेल
मतपत्र च्यात्नेलाई पाँच बर्ष जेल

इलाम - राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन् । उनले मतगणनामा ह ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...