प्राविधिक शिक्षालाई इडन ब्रिजले जोड दिईरहेका छः प्रिन्सिपल राई (भिडियो सम्वाद)

२०७३ चैत्र १६ गते १८:२८ मा प्रकाशित


काठमाडौँ । नयाँ शैक्षिक सत्रको सुरुवाती भएसंगै विद्यालयहरुले विद्यार्थी केन्द्रित गतिविधिहरुलाई प्रभावकारी हुने गरी विभिन्न माध्यमहरुबाट विद्यार्थीहरुको पहुँचमा पुगेरहेका हुन्छन् भने विद्यार्थीहरु पनि कुन स्कुल पढ्ने ?, कसरी स्कुल छान्ने ? भन्ने विषयको जानकारी लिन चाहन्छन् ।
सोही कुराको जानकारी गराउँनका लागि केटिएम खबरले विभिन्न शैक्षिक संस्थाको जानकारी दिने हेतुका साथ विभिन्न स्कुलका प्रिन्सिपलहरुसंग स्कुल विशेष भिडियो सम्वादहरुलाई जोड्दै आईरहेको छ ।
यसै सन्दर्भमा केटिएम खबरका लागि श्याम कार्कीले कृष्ण मन्दिर, धापासिमा रहेको इडन ब्रिज एकेडेमीका फाउण्डर÷प्रिन्सिपल प्रेम राईसंग विशेष भिडियो सम्वाद गरेका छन । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

Prem Rai-Eden Bridge Academy
अहिले स्कुल केन्द्रत गतिविधिहरुमा यहाँको व्यस्तता कस्तो छ ?
अहिलको तत्कालिन अबस्थामा व्यस्त कार्यतालिका छ । स्कुलका गतिविधिहरुमा केन्द्रित रहेर यति बेला व्यस्त हुने समय नै हो । नयाँ शैक्षिक सत्र पनि सुरु भईरहेको छ । यसमा व्यस्त छु ।
यो शैक्षिक सत्रलाई समिक्षात्म रुपमा हेर्दा इडन ब्रिजको हकमा कस्तो रहँदै छ ?
हाम्रो इडन ब्रिज एकेडेमीको दुई वटा पक्षलाई हेर्दा खेरी एउटा पाटो शैक्षिक क्रियाकलापको कुराहरु, अर्को चाहिँ विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई जुन किसिमको सहभागि गराएका छौँ । त्यसमा विद्यार्थीहरुले पाएका उपलब्धिहरुलाई जोड्न सकिन्छ । एक नम्बरमा चाहीँ शैक्षिक क्रियाकलापलाई जोड्दा हुनत बार्षिक परिक्षा आउँदै छ । एस.इ.इ. भईसक्यो । यसको रिजल्ट त पछि आउँछ । त्यही पनि मर्निङ्ग शो द डे भने जस्तो हामीले बर्ष भरी गरेका जती पनि मेहनतहरु छन । म एकदमै खुसि छु । अध्यनरत विद्यार्थी नानी बाबुहरुको शैक्षिक क्रियाकलापको कुरा गर्दा राम्रो नतिजा प्राप्त गरेका छन र राम्रो नतिजा ल्याउँनेमा पनि म ढुक्क छु । हाम्रो शिक्षक, शिक्षीका तथा हाम्रो टिमले मेहनत गरेका छन् । म चाही एकदमै खुशि र उत्साहि दुवै छु र विद्यार्थीहरुले त्यही खालको नतिजा पनि ल्याइरहेका छन ।्
अतिरिक्त क्रियाकलमा चाहीँ हाम्रो इडन ब्रिज एकेडेमीले इभ्यालुएसनको सिष्टममा अतिरिक्त क्रियाकलापलाई जोड्नु पर्छ शिक्षा भनेको बाध्यता हैन एउटा रहर हुनुपर्छ भनेर हामीले भनिरहेका छौँ । बितृष्णा हैन विद्यार्थीले शिक्षालाई रहरको रुपमा लिनुपर्छ भन्ने हिसाबले हामीले अतिरिक्त क्रियाकलापसंग उनीहरुले चाहनालाई जोडेर अगाडी बढाईरहेका छौँ । त्यसकारण अतिरिक्त क्रियाकलापमा पनि यस बर्षको मैले नतिजालाई हेर्दा म एकदमै खुशि छु ।
विद्यार्थीहरुले गर्ल बास्केटबल टुनामेन्ट, ब्वाइज बास्केटबल टुनामेन्टमा राम्रो रिजल्ट ल्याएका छन, ट्रफि ल्याएका छन । त्यसै गरी नेफ साईपल यु—१६ टुनामेन्ट भएको थियो । त्यसमा दुई जना विद्यार्थी बाबुहरु न्युजरल्याण्ड प्राक्टिस खेल खेल्नका छनोट भएका छन । एघार विद्यार्थीहरु मध्यमा हाम्रो विद्यालयबाट २ जना छनोट भएका हुन । यसले पनि के देखाउछ भने अतिरिक्त क्रियाकलापमा पनि इडन ब्रिज एकेडेमीले ठुलो नतिजा पाएको छ भन्ने मलाई लागेको छ ।
त्यस्तै गरेर कविता प्रतियोगीतामा हाम्रो विद्यालयले इन्टर स्कुल प्रतियोगीतामा प्रथम ल्यायो । अर्को पल्ट सेकेण्ड ल्यायो । त्यस्तै अरु यावत प्रतियोगीतामा इडन ब्रिज एकेडेमीका विद्यार्थीहरुको धेरै नै सहभागी रहेको थियो र सहभागिताको साथ—साथै त्यसबाट राम्रो नतिजा पनि पाएका छन ।
इडन ब्रिज कहिले सुरु भयो ?, कस्तो स्कुल हो ? यो विषयमा पनि कुरा गरौन 
हाम्रो स्कुलको नारा नै उत्कृष्ट शिक्षा इडन ब्रिज एकेडेमी मै । उत्कृष्ट शिक्षा भन्नाले हामीले दुई, तिन वटा कुरालाई विशेष जोड दिएका छौँ । पहिलो कुरा हामीले एकेडेमीक कुरालाई बढि प्रायोटिका साथ हेरिरहेका छौँ । दोश्रो पाटो भनेको चाहीँ हामीले अनुशासन, संस्कारलाई पनि जोड दिएका छौँ र विद्यार्थीहरु किताबमा पढ्छन तर जीबनको पढाई महत्वपुर्ण छ त्यसमा । त्यस कारण विद्यार्थीले जीबन पनि पढ्नु पर्छ भनेर हामीले संस्कार पनि सिकाएका छौँ । अनुशासनका कुराहरु सिकाइरहेका छौँ । त्यसमा महत्वपुर्ण के छ भने अनुशासन, नेतृत्व कुराहरु पनि छन । साथसाथै विद्यार्थीहरुलाई मनपरेका विषयहरु उनीहरुको शैक्षिक क्रियाकलाहरुसंग जोड्ने जसले गर्दा विद्यार्थीहरुको स्टाण्डर मेन्टेन गर्नका लागि, आफ्नो शैक्षिक विकास गर्नका लागि टेवा पुर्याउँछ र मैले भनिरहेको छु अहिलेको शिक्षा बाध्यात्मक र वितृष्णात्मक पनि मैले देखेको छु । विहान देखि बेलुकासम्म बच्चाहरुलाई पढाईरहेका हुन्छौँ । त्यसमा वितृष्णा पैदा हुँदो रहेछ । शिक्षालाई हामीले रहर बनाउँ, बच्चाहरुलाई स्कुल जाने वाताबरण बनाउँ । स्कुल जान पाए हुन्थ्यो, केहि कुरा सिक्न पाए हुन्थ्यो भन्ने किसिमको बनाउँनु पर्छ । त्यो किसिमको वाताबरण बनाउँनका लागि हामीले जोड दिईरहेका छौँ । हाम्रो स्लोगनलाई आत्मसाथ गर्नका लागि, त्यसलाई व्यबहारमा उतार्नका लागि पनि हामीले विशेष रुपमा लागिरहेका छौँ ।
अहिले हामीले टेक्निकल विषयलाई केन्द्रित गरेर कम्प्युटरको हार्डवयरका क्लासहरुलाई सिकाईरहेका छौँ । सफ्टवयका क्लासहरु त सिकाईरहेका थियौँ । अरु टेक्निकल विषयहरु पनि थप्ने हाम्रो सोचाई रहेको छ । इडन ब्रिजलाई समग्रमा बुझ्दा खेरी एउटा प्राविधिक शिक्षा आर्जन गर्ने थलो बनोस, एउटा हब बनोस भन्ने हाम्रो सोचाई छ । त्यस अनुरुप लागिरहेका छौँ ।
प्रेम राईसंगको थप कुराकानी तथा भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः

 

You may also Like this

थप समाचार

हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष
हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष

काठमाडौँ । नेकपा एमालेसँगको एकताका लागि सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ...

गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)
गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)

काठमाडौँ । पिपलबोट बासबारीमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले ‘गुह्येश्वरी ट्यालेन्ट शो एवं एसईई विदाई कार्यक्र ...

यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)
यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ६ मुलपानीमा रहेको प्रारम्भ एकेडेमी विद्यालयले आफ्नो अभिभाव दिवस तथा विविध सा ...

दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)
दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको दोश्रो प्याब्सक फुटसल लिग सोमबार सम्पन्न ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...