​समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यकः नेता महत

२०७३ चैत्र १७ गते १२:२१ मा प्रकाशित


१७ चैत, जुम्ला । नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले मुलुक समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन । बुधबार नेपाल शिक्षक सङ्घ जुम्लाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री महतले मिहेनत र प्राविधिक शिक्षाले देश समृद्ध हुने बताए । 

प्रविधि र प्रतिस्पर्धाका कारण चीनले विकासमा फड्को मारेको भन्दै नेता महतले रोजगारी सृजना गर्न प्रतिस्पर्धामा जानुपर्ने औँल्याए । उनले भने, “हाइड्रो, पर्यटन र हामीसँग भएको कृषि उपजको प्रयोगमा मिहेनत गर्न सक्यौँ भने देश समुन्नतिको दिशातर्फ लम्कन्छ, त्यसका लागि विवेक प्रयोग गरौँ ।” 

दक्षिण एसियामा शिक्षामा बढी लगानी गर्ने मुलुक नेपाल भएको जनाउँदै नेता महतले मूल्य अभिवृद्धि कर र २०५७ सालमा पुँजीगत लाभकरको योजना आफूले ल्याएको दाबी गरे । विपरीत दिशामा गएको देशलाई सही दिशामा ल्याउन र आर्थिक उदारीकरणको नीति अख्तियार गरेर देशलाई आत्मनिर्भर बनाउन काँग्रेसको ठूलो भूमिका रहेको उनको भनाइ थियो । 

भाषा, संस्कृति र सभ्यताको मुहानका रुपमा परिचित कर्णालीलाई काँग्रेसले शिक्षा, स्वास्थ्य र यातायातको विकासमा उल्लेख्य योगदान पु¥याएको पनि उनले व्याख्या गरे। 

You may also Like this

थप समाचार

इतिहासकै चिसो ओलम्पिक आजबाट सुरू हुँदै
 इतिहासकै चिसो ओलम्पिक आजबाट सुरू हुँदै

काठमाडौं माघ २६ । २३ औं विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङच्याङमा शुक्रबारबाट सुरु हुँदैछ । प्योङचाङमा उदघाटन समारोहको भव् ...

समाचारप्रति कुनै गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह
समाचारप्रति कुनै गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह

काठमाडौँ – प्रेस काउन्सिल नेपालले आम सञ्चारमाध्यमबाट प्रकाशित समाचरका विषयमा गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह गर ...

रियललाई क्लब विश्व कपको उपाधि
रियललाई क्लब विश्व कपको उपाधि

क्रिस्टियानो रोनाल्डोले एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले लगातार दोस्रो पटक क्लब विश्व कपको उपाधि जितेको छ । ग्रिमिओलाई ...

​हुस्सुका कारण तराईको जनजीवन प्रभावित
​हुस्सुका कारण तराईको जनजीवन प्रभावित

हुस्सुका कारण तराईका जिल्लाहरुको जनजीवन आइतबार पनि प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । तर हुस्सु लाग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...