आर्थिक अभावमा विद्यालय बन्द हुने अवस्थामा

२०७४ बैशाख १८ गते १२:३८ मा प्रकाशित


school_3नवलपरासी, वैशाख १८ । नवलपरासीको दाउन्ने डाँडामा रहेको एक मात्र बौद्ध धार्मिक विद्यालय (विद्यापीठ) आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ ।
बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि नियमित रुपमा सञ्चालित अहिंसावादी महाबौद्ध अनाथ आधारभूत विद्यापीठ अहिले आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको हो ।

आर्थिक अभावकै कारण विद्यापीठमा अध्ययन गर्ने बालबालिकाको गाँस, बास, कपास र पठनपाठनमा समस्या देखिएको छ भने भौतिक संरचनाको अभावले कक्षाकोठाको कमी र बासको समस्या देखिएको छ ।

बौद्ध भिच्छुनीले सन् २०५५ सालमा जिल्लाको हाल विनयी गाउँपालिका–२ दाउन्ने डाँडामा अहिंसावादी विद्यापीठ सँगै बालगृहको निर्माण गरेपछि नियमित रुपमा पठनपाठन गरिँदै आएको छ । मुठीदान र कर्मकाण्डबाट सङ्कलन भएको आम्दानीले चल्ने उक्त विद्यापीठमा १४० जना विद्यार्थी अध्ययनरत छन् । विद्यापीठमा नेपालको २८ वटा जिल्लाबाट अनाथ, असहाय, सुकुम्बासी र गरिब बालबालिका अध्ययनरत छन् ।

जसमध्ये १०२ जना बालबालिका बालगृहको होस्टलमा बस्दै आएका छन् । सो विद्यापीठ सञ्चालन गर्न आर्थिक रुपमा निकै समस्या परेको गृहकी सञ्चालिका सानीमाया तामाङले जानकारी दिए।

बौद्ध शिक्षा अनिवार्य गरी कक्षा १० सम्म पठनपाठन गराउँदै आएका यस विद्यापीठमा कक्षाकोठाको अभावले नै कक्षा ९ र १० का विद्यार्थीलाई बाहिरको विद्यालयमा अध्यापन गराउँदै आएको छ । विद्यापीठलाई चाहिने १२ वटा कक्षाकोठामा नौ वटामात्र कक्षाकोठा छन् । होस्टलमा बस्ने सम्पूर्ण बालबालिका विद्यार्थीको खाना, लत्तकपडा, बास, किताब, कलम, कापीलगायत सम्पूर्ण खर्च सो विद्यापीठले नै व्यहोर्दै आएको छ ।

पठनपाठनका लागि १३ जना शिक्षक कर्मचारी छन् जसका तलब मात्र एक लाख ८६ हजार रुपैयाँ हुन पुग्छ । बालगृह र विद्यापीठमा एक जनाको राहत दरबन्दी र एक जना बाल शिक्षक छन् अरु सबै निजी स्रोतमा तलब खाने गरेका छन् ।

इसापूर्वतिर उक्त दाउन्ने डाँडामा भगवान् गौतम बुद्धको आमा विवाह गर्नुभन्दा पहिला महामाया देवीको तपोभूमि अर्थात् तपस्या गरेको भन्ने लोक भनाइ छ ।
नवलपरासी जिल्लाको कावासोती, हसौरा गैँडाकोट र दाउन्नेमा गरी चार वटा बालगृहमा करिब २५० जना बालबालिका रहँदै आएका छन् । रासस

You may also Like this

थप समाचार

सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति
सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति

मुम्बई– बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सल ...

५२ वर्ष सम्ममा यति बदलिए सलमान, हेर्नुहोस् बाल्यकालदेखिका यि १० तस्विरहरु

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । कालो हरिणको शिकार गरेको अभियोगमा घटनाको २० ...

नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)
नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)

काठमाडौँ । केशब पौडेलको प्रस्तुतीमा नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा आएको छ । गायिका देबी घर्ति र गायक बिक्रम ...

अम्बिका गुरुङको शब्दमा नयाँ गीत माया लगाई बजारमा (भिडियो)
अम्बिका गुरुङको शब्दमा नयाँ गीत माया लगाई बजारमा (भिडियो)

काठमाडौं – पछिल्लो समयकी सक्रिय गीतकार अम्बिका गुरुङको शब्द शृजनामा अर्को नयाँ गीत माया लगाइको भिडियो सार्वजनिक गरिएको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...