डुबानमा परेपछि सुस्ताका बासिन्दा आक्रोशित, भारततर्फको नहर फुटाउदैँ

२०७४ भदौ २ गते १०:३१ मा प्रकाशित


resident-sustaकाठमाडौं, भदौ २ । पश्चिम गण्डक नहरको पानीले बस्ती र खेती डुबानमा परेपछि सुस्ताका बासिन्दा आक्रोशित बनेका छन् । उनीहरुले बिहीबार भारतको मुख्य पश्चिम नहर फुटाउने प्रयास गरे ।


लगातारको वर्षाले सुस्ता गाउँपालिकाको १ र २ वडा डुबानमा परेका छन् ।

बाँधका कारण पानीले निकास नपाउदा डुबानमा परेको भन्दै ताल बनेको पानी फुटाएर निकाल्ने प्रयास गरेका थिए । गाउँलेलाई नेपाली सुरक्षाकर्मीले रोकेका थिए ।

नारायणी नदीमा आएको बाढीले नहरमा पानीको बहाव बढेपछि सुस्ता–१ को बरुवा, छिबनी, फेचुहा र रुपौलिया र वडा नम्बर २ अन्तर्गत सत्तपति र महलबारीमा डुबान परेका छन् । करिब १ हजार बिघाभन्दा बढी क्षेत्रफलमा लगाईएको धानबाली र उखु नष्ट भएको स्थानीय ज्ञानु न्यौपानेले बताए ।

बर्सेनी डुबान र जमिन कटान गरेको गुनासो नेपाली र भारतीय प्रशासनलाई पटक पटक जानकारी गराउँदा बेवास्ता गरेकाले बाध्य भएर नहर फुटाउन लागेको स्थानीयले बताए । –कान्तिपुर दैनिकबाट

You may also Like this

थप समाचार

परोहा नगरमा नेपाली कांग्रेसले बाजी मार्यो
परोहा नगरमा नेपाली कांग्रेसले बाजी मार्यो

५ असोेज, काठमाडौं । जिल्लाको परोहा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवा ...

माओवादी केन्द्रले खातामा १ सिट थप्यो
माओवादी केन्द्रले खातामा १ सिट थप्यो

५ असोज, पर्सा । पर्साको ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पिएल श्रेष्ठ र उपाध्यक्षमा सोही दलका शान्तिकुमारी थिङ व ...

मन्त्रीकी पत्नी बनिन् मेयर
मन्त्रीकी पत्नी बनिन् मेयर

५ असोज, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रिनाकुमारी साह विजयी भएकी छन् । उनी माओवादी नेता एवम् ...

औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी
औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी

५ असोज, काठमाडौं । सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । उपाध्यक्षमा भने संघीय समाजवादी फो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...