८० वर्षदेखि ड्राइभरी पेशा गरिरहेका यी १०३ वर्षे वृद्धको कथा

२०७२ माघ ८ गते ०४:३६ मा प्रकाशित


१ सय ३ वर्ष उमेरका जियोभन्नी रोजो बेलायतका सबैभन्दा पूराना ड्राइभर हुन् । उनी आठ दशकदेखि निरन्तर चालक पेशामा संलग्न छन् र यति लामो समयसम्म गाडी चलाउँदा उनले चलाएको गाडी एकपटक पनि दुर्घटनामा परेको छैन । उनी यो उमेरमा पनि गाडि चलाउन हिच्किचाउँदैनन् ।

बेलायतको क्याम्ब्रिजमा बस्ने जियोभन्नीको आइसक्रिम तथा दूधको व्यवसाय छ । अघिल्लो वर्ष उनकी श्रीमतीको निधन भयो । त्यसयता उनको दैनिकी हरेक दिन आफ्नो २३ वर्ष पूरानो मित्सुबिसी लन्सर कार गुडाएर सुरुमा श्रीमतीको अन्तेष्टि स्थल र त्यसपछि आफ्नो पसलमा गएर बित्ने गरेको छ ।

३० वर्षको छँदा २६ वर्षकी अन्ना मारियासँग इटालीमा उनले बिहे गरे । इटालीबाट बेलायत आएपछि उनी क्याम्बि्रजमा बस्न थाले । बेलायतमा उनले रेलको ड्राइभर बनेर आफ्नो करिअर सुरु गरे । उनले ६ वर्षसम्म रेल चलाए । त्यसपछि उनले एक सहकारी संस्थामा दुध ओसार्ने जागिर पाए ।

जियोभन्नीले कुनैपनि दुर्घटना विना गाडी चलाएकोमा उनको चालक अनुमति पत्रलाई रोयल सोसाइटीले डिप्लोमाको प्रमाणपत्र दियो । त्यसपछि उनी सफल आइसक्रिम व्यवासयी बने । उनको कम्पनीका ६ वटा भ्यान क्याम्ब्रिजमा गुड्दछन् ।

८० वर्षसम्म निरन्तर गाडी चलाउँदा उनले अहिलेसम्म एकपटक पनि दुर्घटना भोग्नु परेको छैन । सामान्य रुपमा उनले चलाएको गाडी कतै ठोक्किएको पनि छैन । तर दुइ पटक तिव्र गतिमा गाडी चलाएको र एक पटक गलत ठाउँमा पार्किंग गरेकोमा उनले जरिवाना तिर्नुपरेको थियो ।

उनी सन् १९५३ मा बेलायत आउनुअघि उनी इटालियन सेनामा क्लर्क थिए र त्यहाँ पनि गाडी चलाउँथे । आफ्नो लाइसेन्समा अहिलेसम्म पनि कुनै दुर्घटनाको दाग नभएकोमा उनी मख्ख छन् । आफ्नो उमेर ढल्केपनि अझै आँखा तेजिला रहेको र मज्जाले गाडी चलाउन सक्ने उनी बताउँछन् ।

 

You may also Like this

थप समाचार

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...