म काठमाडौँ क्षेत्र नम्वर ४ को साझा उम्मेदवार हुँः डा. भट्टराई (भिडियो)

२०७४ कार्त्तिक १४ गते ००:३४ मा प्रकाशित


rajan bhattarai_1

काठमाडौँ । मंसिर २१ मा हुने दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबमा केन्द्रित रहेर यत्ती बेला आफ्नो उम्मेदवारी प्रस्तुत तथा चुनाब जित्ने अभियान बनाउनका लागि स्थानिय राजनीतिकर्मी, विभिन्न दलका कार्यकर्तादेखी केन्द्रका नेताहरु पनि क्रियाशिल भई रहेका छन् ।
यस्तै चुनाबको रौनक काठमाडौँ क्षेत्र नम्वर ४ मा पनि देख्न थालिएको छ । नेकपा एमालेका प्रतिनिधि सभा प्रत्यक्ष तर्फका सर्वसम्मत उम्मेदवार डा. राजन भट्टराई चुनाबी मैदानमा आएका छन् । सोही उम्मेदवारीका विषयमा केटिएम खबर डट कमका लागि श्याम कार्कीले क्षेत्रगत कुराकानी तथा समग्र उम्मेदवारीको विषयमा विशेष सम्वाद गरेका छन । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः
यहाँलाई स्वागत छ ।
धन्यवाद
यत्ती बेला के कुरामा केन्द्रित हुनुहुन्छ ?
यत्ती बेला साथीहरुले निर्वाचनमा उठ्नु पर्यो भन्नु भएको छ । निर्वाचनका लागि साथीहरुको सुझाब, सल्लाह, सहयोग अनुसार उठ्ने सोच बनाएको छु । सोही हिसाबले साथी–भाईहरुसंग भेट–घाट, सल्लाह, राय बुझ्ने, के गर्दा ठिक हुन्छ ?, उठौ कि नउठौ ?, उठ्दा खेरी कसरी उठ्ने ? भन्ने विषयमा नै साथी–भाईहरुसंग भेट–घाटमा नै व्यस्त छु ।
प्रतिनिधि सभाको उम्मेदवारका लागि यहाँको नाम पक्का–पक्की भइसकेको छ, प्रदेश सभाका लागि उम्मेदवारहरुको नाम कहिले टुंगो लाग्छ ?
काठमाडौँ क्षेत्र नम्वर ४ को प्रतिनिधि सभाको उम्मेदवारका लागि हाम्रो पार्टीको तर्फबाट मेरो मात्र नाम सिफारीस भएको छ । नाम पठाउनका लागि हाम्रो तल्लो कमिटीहरुलाई जुन अधिकार दिइएको थियो । सोही क्रममा काठमाडौँको क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि मेरो मात्र उम्मेदवारी रहने गरी साथीहरुले नाम पठाउनु भएको छ ।
प्रदेश सभाको ‘क’ को हाम्रो टुंगो लागि सकेको छ । निर्मल कुइकेल त्यसको उम्मेदवार हुनुहुन्छ । प्रदेश ‘ख’ को उम्मेदवार हामी केही दिनमा टुंग्याउने छौ ।
डा. राजन भट्टराई क्षेत्र नम्वर ४ संग जोडि रहदा धेरैको लागि कौतुहलताको विषय बन्न सक्ला, यस बारे के भन्नुहुन्छ ?
म यो क्षेत्र नम्वर ४ मा नै हुर्केको व्यक्ति हुँ । मैले पशुपती मित्र माध्यमिक विद्यालयबाट कक्षा १ देखी ३ सम्म पढे । त्यसपछी कक्षा ४ देखी पद्मोदय माध्यमिक विद्यालय, पुतलीसडकमा पढे र त्यहाबाट मैले एसएलसी दिएको ।
मेरो बुबाले २०१२ सालमा महांकालमा घर किन्नु भएको, त्यसपछी त्यो घर बेचेर २०२४ सालदेखी मैजुबहाल बसेको । म हुर्केको मैजुबहालमा । त्यसपछी चाबहिल चोक बजारमा हामी सर्यौ र बजारबाट यहाँ बुलबुलेमा बस्दैछौ । बसाईको हिसाबमा मेरो ४ नम्वरको सम्बन्ध भन्नुहुन्छ भने यो खालको रह्यो ।
राजनैतिक कर्म थलो पनि मेरो यही क्षेत्र नम्वर ४ हो । म कक्षा सात पढ्दादेखी अखिलमा लागे । काठमाडाँै उपत्यका भरी अखिलको विद्यालय कमिटी थियो त्यसको सचिव भए, संयोजक भएर तिन वर्ष काम गरे । त्यसपछी हाम्रो पुर्वी इलाका कमिटीको अध्यक्ष भएर काम गरे । त्यसपछी काठमाडौँ जिल्ला कमिटीको सदस्य भए, कोषाध्यक्ष, सह–सचिव भए, संयोजक भए । त्यसपछी २०४४ सालमा अखिलको केन्द्रमा गए । केन्द्रिय कमिटीमा रहदा पनि मेरो कर्मथलो यहि थियो । २०४१ सालदेखी २०४७ सालसम्म यही रहे । त्यही विचमा करिब १२, १३ पटक जेल गए । मलाई राजकाबी मुद्धा लाग्यो । त्यसो हुनाले राजनैतिक हिसाबले मेरो कर्मथलो यहीबाट सुरु भएको हो । यहाँको दाईहरु जो बामपन्थी आन्दोलनसंग सम्वन्धित हुनुहुन्थ्यो । उहाहरुबाटै शिक्षित, दिक्षित भएको म ।
म अखिलको केन्द्रमा गएपछी मेरो कार्य क्षेत्र विदेशसंग अलिकती जोड भयो । म २०४६ सालको विद्यार्थी आन्दोलनमा सचिव थिए । त्यती बेला हामी केन्द्रिय स्तरिय वार्ता गर्ने नेपली कांग्रेसका एनपी साहु, चन्द्र भण्डारी र हामी एमालेबाट तुल बहादुर गुरुङ, शंखर पोखरेल, घनश्याम भुसाल संयुक्त रुपमा काम गरेका हौ ।
२०४८ सालमा म अखिलको विदेश विभाग प्रमुख भए । २०४९ सालको मंसिरमा म हाम्रो एसियाली विद्यार्थी संघको सह–महासचिवमा निर्वाचित भए । २०५० सालको माघदेखी एसियाली विद्यार्थी संघका लागि हङकङमा म बसे । चार वर्ष त्यहा काम गरे । त्यसपछी म फर्केर नेपाल आए र पार्टीको विदेश विभागको सचिव भए । त्यसपछी काठमाडौँको उपत्यका कमिटीमा रहे । केही समय पछी बेलायतको मैले स्कलरसिप पाए र बेलायतको लण्डन युनिभर्सिटीको कलेजमा मास्टर्स पढ्नका लागि गए । डेढ वर्षमा मैले मास्टर्स पास गरे । त्यहाबाट फर्किए पछी फेरी विदेश विभाग सचिव भए । त्यही क्रममा जनआन्दोलनका कामहरु अगाडी बढे र आन्दोलन अगाडी बढ्दै जाँदा राजाले लिइसके पछी मलाई पार्टीले दिल्लीमा समन्वयन गर्नका लागि पठायो । त्यत्ती बेला सात पार्टीको सम्वन्ध थियो । एमालेको तर्फबाट मेले प्रतिनिधित्व गरेर त्यो कार्यक्रमहरु अगाडी बढाए । जसमा नेपालका थुप्रै नेताहरु कृष्ण प्रसाद सिटौला, महन्थ ठाकुर, राजेन्द्र महत्तो, कृष्ण बहादुर महरा, टोप बहादुर रायमाझी, प्रदिप गिरी, हृदेश त्रिपाटी लगायतको साथीहरुसंग संयोजन गरी बसियो । यही क्रममा मैले पिएचडीका लागि जेएनयुमा अप्लाइ गरे र मैले जेएनयुबाट पिएचडी सम्पन्न गरे । त्यहाबाट फर्किए पछी म तत्कालिन प्रधानमन्त्री माधव नेपालको कार्यकालमा म परराष्ट्र सल्लाहकार भए । त्यही विचमा केही किताबहरु लेखे, सम्पादन गरे साथीहरुसंग मिलेर ।
आज भन्दा तिन वर्ष अगाडी मलाई पार्टीले क्याबिनेटको निर्णयबाट सांसदमा नियुक्ती गर्यो । त्यस पछी आज भन्दा डेढ वर्ष अगाडी नेपाल, भारत प्रबुद्ध व्यक्तिहरुको समुहको सदस्य भएर काम गरिरहेको छु । पार्टीको गत महाधिवेशनबाट पनि म केन्द्रिय कमिटीमा निर्वाचित भएको छु ।
काठमाडौँ क्षेत्र नम्वर ४ मा यहाँको उम्मेदवारी किन र केका लागि ?
म राजनीतिमा २०३७ सालदेखी लाग्दै आए । अध्ययन र राजनीति संगसंगै लैजानु पर्छ भन्ने मान्यता राखे । कहिले अध्ययन अलि बढी क्षेत्र बन्यो, कहिले राजनीतिक क्रियाशिलता अलि बढी बन्यो । यी दुई वटा क्षेत्रलाई संगसंगै लैजाने मेरो कोशिस हो । अहिले म खासगरी पार्टीको केन्द्रिय कमिटीको सदस्य भईसके पछी, सांसद बनी सकेपछी राजनैतिक क्षेत्रमा मेरो क्रियाशिलता बढेको छ । यो क्रम बढ्दै गइसके पछी सांसद एउटा बाटोबाट त भइयो तर त्यही बाटोबाट सधै जानु हुँदैन । समानुपातिक अथवा मनोनयनको बाटोबाट हामी जस्तो मान्छेहरु जानुहुँदैन । प्रत्यक्ष रुपमा जनताबाट जानु पर्छ भन्ने सोच लागि रहेको थियो । त्यो लाग्ने क्रममा नै यहाँ स्थानिय साथीहरु खास गरी क्षेत्र नम्वर ४ नेकपा एमालेका र माथीका नेताहरुले पनि ठिक छ तपाई प्रत्यक्ष तर्फबाट लडेर आउनु पर्छ भन्नु भयो । मलाई त्यो उचित नै लाग्यो । त्यस हिसाबले मैले निर्णय लिएको हुँ ।
क्षेत्र नम्वर ४ मेरो कर्म थलो हो । क्षेत्र नम्वर ४ मा म हुर्के, बढे, पढे र राजनैतिक कर्म थलो २०३७ सालदेखी बनाउदै आए । यत्ती बेला म उठ्नु पर्छ । सांसदमा प्रत्यक्ष तर्फ जानु पर्छ भनेर त्यो क्षेत्रका साथीहरुको सर्वसम्मत उम्मेदवार भइसके पछी मैले अन्यत्र जानु पर्छ भन्ने प्रश्न नै रहेन । त्यस हिसाबले मैले क्षेत्र नम्वर ४ रोजे ।
नेकपा एमालेको क्षेत्र नम्वर ४ बलियो क्षेत्र हो । यो भन्दा अगाडीका दुई वटा चुनाब मात्र हामीले हारेका हौँ । २०४८ देखीको रिजल्ट हेर्ने हो भने कहिले पनि, कुनै चुनाब हारेका छैनौ । २०४८ सालमा मदन भण्डारीले जितेको यो क्षेत्र हो । त्यस पछी विद्या भण्डारीले २०५६ सालसम्म जितेको क्षेत्र हो । २०५४ सालको स्थानिय चुनाबमा पनि हामीले जितेका हौँ, यो म बसेको वडा हामीले जितेका हौँ ।
समय क्रमसंगै विगतमा हाम्रा पनि कमि कमजोरी भए होलान् । त्यसपछी नेपालको राष्ट्रिय राजनीति जुन मोडमा गयो र २०६४ मा हामीले हार्न पुग्यौ अनी त्यसको निरन्तरता २०७० मा पनि भयो तर यी दुई वटा कारणले मात्र यहाँको जनमत एमालेमा कमजोर हो कि ? भन्ने भ्रम परेको छ । यथार्थ त्यस्तो हैन । २०७४ को स्थानिय तहको चुनाब हेर्ने हो भने यो क्षेत्रमा १२ वडा पर्छन् । जस मध्य १० वडा एमालेले जितेको छ । जनाधारको हिसाबले फेरी हामीले पुष्टी गरेका छौँ । यो बामपन्थीहरुको बाहुल्य क्षेत्र हो । त्यस भित्र पनि अहिले नेकपा एमाले मात्र हैन बामपन्थीहरुको साझा उम्मेदवार हुँ । साझा उम्मेदवारको नाताले पनि मेरो थप मत बढेको छ । मलाई लाग्छ हामीले जित्ने आधार बलियो बनेको छ ।
डा. राजन भट्टराईसंगको थप कुराकानी तथा भिडियो कुराकानीको लागि युटुब लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...