यहाँ एजुकेशन हबको कुरा हुन्छ, नीतिका कारण राष्ट्रिय तहको शिक्षा प्रदर्शन गर्न दिईदैनः लामिछाने

२०७३ चैत्र २९ गते ०९:१२ मा प्रकाशित


काठमाडौँ । यति बेला शैक्षिक संस्थाहरुको गतिविधिलाई लिएर धेरै नै बहस हुन थालेको छ । कहिले सरकारले ल्याएको नीतिका विषयमा हुन्छ भने कहिले सञ्चालित विद्यालयहरुको प्रबद्धनका निम्ति हुन्छ । यी विषयलाई केन्द्रित गरेर केटिएम खबरले समग्र शैक्षिक गतिविधिलाई समेट्न विभिन्न बहसका कार्यक्रमहरु गर्दै आईरहेको छ ।
यसै गरी समग्र शैक्षिक अवस्थाको बारेमा कुराकानी गर्नका लागि बासबारी, पिपलबोटमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलका डाइरेक्टर डि.आर. लामिछानेसंग केटिएम खबरका लागि श्याम कार्कीले विशेष भिडियो सम्वाद गरेका छन । लामिछाने राष्ट्रिय गणित प्रशिक्षक तथा गणितिज्ञ पनि रहेका छन ।
प्रस्तुत छ उनै लामिछानेसंग गरिएको विशेष सम्वादको सम्पादित अंशः

Dr lamichhne

सरको यत्ति बेलाको व्यस्तता कता तिर छ ?
अह ! यति बेलाको व्यस्तता एकेडेमी सेसन सुरु हुँदै छ । त्यही अन्तर्गन लाग्नु पर्छ नै । बुकहरुको काम भईरहेको हुन्छ, टे्रनिङ्गको काम भईरहेको हुन्छ, शिक्षा नीति अनुसार चल्नु पर्ने हुन्छ । त्यसको तयारीमा लागि रहेका छौँ हामी ।
यहाँ राष्ट्रिय गणित प्रशिक्ष तथा गणितिज्ञ पनि हुनुहुन्छ, अहिले यसको अवस्था कस्तो छ ?
गणित विषय अहिले प्यारोडिङ्ग तरिकाले गईरहेको छ । विशेषत नेपालमा व्यबहारिक शिक्षा लागु नभएको कारण यो एउटा हो । सरकारी तवरबाट नि यो यसरी जानु पर्छ भनेर आउँनु पर्ने हो तर आईरहेको छैन । आईरहेको भए अहिले हाम्रा विद्यार्थीले जुन खालको समस्या झेलिरहेका छन त्यो समस्याहरु झेल्नु पर्ने थिएन होला । अब व्यबहारिक शिक्षा लागु नहुँदा खेरी र गणितलाई व्यबहारिक रुपमा लैजान नसक्दा खेरी अहिले जति पनि मान्छेको माइण्डमा गणित प्रति मनोटोनस अहिले हामी व्यबहारिक रुपमा नै जानु पर्छ है भनेर लागि रहेका छौँ ।भएको छ । त्यसको रिजन त्यही हो र
हामीले जोड्नु, घटाउँनु, मल्टिप्याई मात्र गणित हैन । त्यसका जति पनि एब्लिकेसन छन तिनिहरु पनि सदुपयोग गर्न सक्नु पर्छ है भन्ने खालको एउटा नीयम हो । त्यसलाई हामीले माइण्डमा राखेर अगाडी बढ्न खोजिरहेका छौँ र तपाईहरुले बच्चाहरुलाई गणितलाई फिल गराउँन सिकाउन सिकाउनुहोस । फिल गर्ने भनेको साच्चि नै गणित मलाई रमाईलो लाग्यो, पढ्न मन लाग्यो, गणितको कन्सेप्च मलाई एक दमै राम्रो लाग्यो । त्यो किसिमले बच्चा अगाडी जान्छ भने गणितका लागि बच्चाले फिल गरेको बुझिन्छ । हाम्रो अहिले कस्तो भईरहेको छ भने स्कुलमा कुनै ए, बि, सि भने सिकायो तर परिक्षामा पि, क्वि, आर आयो भने मैले पढेको छैन भन्ने खालको मेन्टिालिटी छ । त्यो प्रकारको हाम्रो अन्धविश्वास छ । त्यो हामीले हटाउँन खोजिरहेका छौँ । यसलाई हामीले राष्ट्रिय रुपमा लैजान खोजिरहेका छौँ । त्यसैले हामी टिचर टे्रनिङ्ग देखि लिएर सबैलाई अवेर गराउँन पनि गईरहेका छौँ ।
अहिले यहाँले दिनु भएको शिक्षालाई विकसित मुलुकसंग तुलना गर्ने हो भने अहिलेको शिक्षा कहाँ छ ?, के देख्नु हुन्छ ?
मैले अघि पनि भनेको थिए । व्यबहारिक शिक्षा लागु हुन आवश्यक छ । व्यबहारिक शिक्षा जबसम्म लागु हुन सक्दैन तवसम्म हामी व्याक नै हुन सक्छौँ । हुन त केहि समय राम्रो होला ।
अहिले हाम्रो बच्चाहरु बाहिर गयो भने राम्रा गर्र्न सक्छन । लादिएर पढाईएको हुन्छ । नेपालमा बच्चा जन्माउँन पाएको छैन स्कुलमा पढाउँने प्रचलन छ । त्यस कारण बच्चाको माइण्डले फ्रिली काम गर्न सक्दैन । बच्चालाई तपाई प्रेसराईज गर्नु हुन्छ, टिचरलाई प्रेसरराईज गर्नुहुन्छ, प्यारेन्सले प्रेसराईज गर्नुहुन्छ । उसको खेल्ने टाईम, अरु टाईम पनि पेसरमा विताउँने भयो । मेरो विचारमा यो नीति छ नेपालमा पहिला त्यसलाई बन्द गर्नु पर्ने अवस्था छ ।
बाह्य विकसिक देशको कुरा हेर्नु हुन्छ भने ५, ६ बर्ष नभइकन बच्चालाई स्कुल भर्ना गर्न पाइदैँन । जबसम्म बच्चाको मानसिक अवस्था विकास हुन सक्दैन तव स्कुलमा प्रेसर दिन पाईदैन । बच्चालाई फ्रि रुपमा पढ्न दिन सक्नु पर्छ, फ्रि रुपमा सिक्न दिनु पर्छ । त्यो खालको डेभलबमेन्ट भईरहेको छ ताकि उनीहरुले आफै बुझ्न सक्ने खालको हुन्छ । शिक्षा नीति अनुसार नेपालमा कस्तो छ भने जाने पनि नजाने पनि तैले पढ्नै पर्छ भन्ने खालको नराम्रो ट्रेन छ त्यो टे्रन हटाउँन आवश्यक छ किनकी एस.एल.सीको रिजल्ट हेरेर तैले यो पढ्न सक्छस्, त्यो पढ्न सक्दैनस् भन्ने खालको आइडेन्टिफाइ गर्न सकिदैन । बच्चाको मन भित्रबाट के आउँछ । त्यसलाई आइडिन्टिफाई गर्नु पर्छ । सबभन्दा उसको रियल ट्यालेन्ट के हो ? त्यो देखाउँन सक्नु पर्यो । त्यो ट्योलेन्ट अनुसार बच्चा अगाडी बढ्ने हो । भोली राम्रो बच्चाको अगाडी कमजोर बच्चा पर्यो र राम्रो बच्चाको सहयोगबाट उसले राम्रो नतिजा ल्यायो । प्यारेन्सले मेरो बच्चा त राम्रो पढेको छ । जान्ने छ भनेर सोच्नु हुन्छ । भोली उहाँले साइन्स नै पढ । तिमीले यो गर्नैै पर्छ । डाक्टर नै पढ्नु पर्छ, इन्जिनियर नै पढ्नु पर्छ । त्यो खालको टे्रन बसिरहेको छ । त्यसलाई हटाउन सक्नु पर्यो । प्यारेन्सले पनि के विचार गर्नु पर्यो भने मेरो बच्चाले ल्याएको नतिजाले यो लेभलमा पुग्न सक्छ ? कि सक्दैन ? भन्ने कुरा छुट्याउँन सक्नु पर्यो ताकि बच्चाले भोली गएर दुख नपाओस । यो कारणले नेपालको शिक्षा नीति व्यबहारिक शिक्षा अलि व्यबहारिक नभएको हो की जस्तो मलाई लाग्छ ।
अहिले हेर्ने हो भने नेपालको जनशक्ति रोजगारी अथवा पढ्ने बाहनामा बाहिरिरहेको देखिन्छ, यहाँहरुलाई एउटा आरोप छ पढ्ने बाहनामा बाहिरिने जनशक्ति जो यहाँहरुबाट उत्पादन भईरहेका छन, के नेपाल मै केहि गर्न सक्ने खालको शिक्षा दिन नसक्नु भएको हो र ?
मैले बारम्वार एउटा कुरालाई भनिरहेको छु । हामीले दिने शिक्षा सरकार अन्तर्गत नै रहन्छ । सरकारले जसरी प्रेसराईज गर्छ त्यही अनुसार नै अगाडी जानु पर्छ । हाम्रो आफ्नो तरिकाले जान पाईदैन । यदि हामी आफ्नै तरिकाले जाने हो भने हामी अर्कै तरिकाले जान सक्छौँ तर त्यो अन्तर्गत हामी जान सक्दैनौ । त्यो हाम्रो बाध्यता हो । अब हामीले दिने शिक्षा निम्न बर्गिय, उच्च बर्गिय सबैलाई एउटै हुन्छ । त्यसमा कसले कत्ति ट्याकल गर्न सक्छ । त्यसमा भर पर्छ । अमेरिकामा नै निम्न बर्गिय मान्छे, उच्च बर्गिय मान्छे उनीहरुले पढ्ने शिक्षा जुन नीतिमा गएको छ त्यो एउटै छ । त्यहाको शिक्षा व्यबहारिक विधिबाट भएको कारणले त्यहाका मान्छेहरु सफल भएका एउटा अध्यनले देखाएको छ । हाम्रो नेपालका किन सफल भएनन् त ? नेपालीले अमेरिका नै गएर पढ्नु पर्ने, नेपालका मान्छे अमेरिकाको युनिभर्सिटिमा टप गर्नु पर्ने । हाम्रो बच्चा त ट्यालेन्ट रहेछन त किन त्यहा नै जानु पर्यो त पढ्नलाई । यसमा हामीले दिएको शिक्षाको कारणले गर्दा भन्दा पनि देशमा सरकारले कुन खालको अवसर दिइरहेको छ त्यसमा भर पर्छ । हामीले दिने शिक्षा चाहे त्यो गरिब होस, चाहे धनि होस, एकदम मध्य बर्गिय होस सबैलाई एउटै हुन्छ । हामीले छुट्याएर दिने त्यो केही पनि छैन ।
डि.आर. लामिछानेसंगको थप कुराकानी तथा भिडियो कुराकानी हेर्नका लागि तलको लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न
पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेस ...

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

सहारा फाउण्डेशनद्धारा स्नेही काखलाई नगद सहित लत्ता–कपडा हस्तान्तरण
सहारा फाउण्डेशनद्धारा स्नेही काखलाई नगद सहित लत्ता–कपडा हस्तान्तरण

काठमाडौँ । सामाजिक गविविधिलाई समेट्ने उद्देश्य सहित सञ्चालित सहारा फाउण्डेशनले शनिबार ललितपुरमा रहेको स्नेही काखलाई नगद सहित ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...