विख्यात वैज्ञानिक डा. डेभिड गुडअलले स्वेच्छिक मृत्युवरण गरे

२०७५ बैशाख २८ गते ०८:५५ मा प्रकाशित


dr. devid good

२८ वैशाख, काठमाडौं । विख्यात वैज्ञानिक डा. डेभिड गुडअलले १०४ वर्षको उमेरमा स्विटजरल्याण्डमा स्वेच्छिक मृत्युवरण गरेका छन् । लण्डनमा जन्मिएका र अष्ट्रेलियामा बसेका गुडअल बोटनी र पर्यावरणका वैज्ञानिक थिए ।

इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई आफ्नो जीवन अन्त्य गर्न सहयोग गरेको थियो ।

एक्जिट इन्टरनेशनलका संस्थापक फिलिप नित्जेले गुडअलको मृत्यु भएको औपचारिक जानकारी दिएका छन् । उनले भने, ‘स्विटजरल्याण्डको बेसलस्थित लाइफ साइकल क्लिनिकमा विद्वान वैज्ञानिकको शान्तिपूर्ण निधन १०ः३० मा भयो ।’

गुडअलले अन्तिम भोजनको रुपमा माछा र चिप्ससँगै चीजले बनेको केक खाएका थिए । उनले विथोवनको ‘ओड टु जोई’ संगीत सुनेका थिए ।

आफ्नो जिन्दगी अन्त्यका लागि उनले ३ मेमा अष्ट्रेलियास्थित घर छाडेर स्विटजरल्याण्ड गएका थिए । उनमा कुनै गम्भीर प्रकारको रोग थिएन तर उनले जीवनको सम्मानजनक अन्त्य चाहन्छु भन्थे ।

उनी भन्दथे, ‘मेरो स्वतन्त्रता खोसिँदैछ त्यसैले स्वेच्छिक मृत्युवरण रोजें ।’

आफ्ना परिवारका सदस्यहरुबाट घेरिएका गुडअलले अन्तिम श्वास लिनुअघि भने, ‘म आफ्नो जीवनको अन्त्यबाट खुसी छु । विगत करिब एक वर्षदेखि मेरो जीवन राम्रो थिएन । म यसलाई अन्त्य गर्न पाउँदा निकै खुसी छु ।’

वैज्ञानिक डा। गुडअलले स्वेच्छिक मृत्युवरण रोजेपछि यसले विश्वव्यापी चर्चा पाएको थियो । त्यसैले गुडलले भनेका थिए, ‘मेरो मृत्युको चर्चाले वृद्धवृद्धाको इच्छा मृत्युको अधिकारको मागलाई बल मिल्ने छ । म पनि यही चाहान्छु ।’

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...