धनगढीमा डिपिएल क्रिकेट सुरु, कुन-कुन टिम भिड्दैछन् ?

२०७३ चैत्र २७ गते ११:३९ मा प्रकाशित


dhangadi-premium-league-start_1काठमाडौं, चैत २७ । धनगढी प्रिमियर लिग ‘डिपिएल’ क्रिकेटको पहिलो संस्करण कैलालीको धनगढीमा आज९आइतबार०देखि सुरु हुँदैछ ।

क्षेत्रीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगितामा नेपालका विभिन्न शहरलाई प्रतिनिधित्व गर्ने ६ टोली सहभागि छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाली राष्ट्रिय खेलाडीहरुको टोली नेपाल एघारले आयोजकको टोली धनगढी ११ सँग च्यारिटी खेल खेल्नेछ ।

यो खेलबाट उठेको पैसा धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका प्रतिस्पर्धात्मक खेलहरु भने सोमबारदेखि हुनेछन् । सोमबार हुने पहिलो खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाइसी अत्तरिया र बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्स् भिड्नेछन् ।

सोमबार नैं शक्ति गौचन नेतृत्वको रुपेन्देही च्यालेन्जर्स् र विनोद भण्डारी नेतृत्वको कञ्चनपुर आइकोनिक आमनेसामने हुने छन् ।

प्रतियोगितामा यी चार टोलीसँगै शरद भेषावकर नेतृत्वको विराटनगर किंग्स् र पारस खड्का नेतृत्वको टिम चौराहा धनगढी पनि सहभागि छन् ।

ट्वेन्टी ट्वेन्टी ढाँचामा सञ्चालन हुने प्रतियोगिताको लिग चरणका खेलहरु बैशाख ४ गते सकिनेछ भने त्यसपछि प्ले अफका खेलहरु सुरु हुनेछन् । प्रतियोगिताको फाईनल खेल बैशाख ९ गते हुनेछ ।

You may also Like this

थप समाचार

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

बलरा नगरमा मतगणना रोकियो
बलरा नगरमा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...