काठमाडौं, चैत ३१ – धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगर किंग्सले सिवाइसी अत्तरीयालाई ८ विकेटले हरायो ।
अत्तरियाले दिएको ९३ रनको लक्ष्य विराटनगरले ४९ बल बाँकी छँदै दुई विकेट गुमाएर भेट्टायो । विराटनगरका लागि आशिफ शेखले ४६ तथा दिपेन्द्र सिंह ऐरीले २६ रनको योगदान गरे ।
टस जितेर ब्याटिङ गरेको अत्तरियाले निर्धारित ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनाएपछि विराटनगरले ९३ रनको सामान्य लक्ष्य पाएको हो ।
अत्तरियाका लागि महबुब आलमले २७, ज्ञानेन्द्र मल्लले १४ तथा करन केसीले १७ रन बनाए । सन्दिप लामिछानेले अत्तरियाको ३ विकेट लिए । सिवाइसीले ३ मध्ये एक खेल मात्र जितेको छ । त्यस्तै विराटनगरले २ खेलमा जित र एकमा हार व्यहोरेको छ ।
काठमाडौं । गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर ...
काठमाडौ । त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन् ...
काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा आज हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद&rsq ...
काठमाडौँ । वाइल्डलाईफ अर्थात वन्य जीवन झल्काउने यी तस्बिरहरुले धेरैको मन जितेको छ । वाइल्डलाइफ फोटोग्राफरका क्यामेराले कैद गर ...