डिपिएल क्रिकेटमा कञ्चनपुरको पहिलो जित दर्ता

२०७३ चैत्र ३१ गते १३:१५ मा प्रकाशित


dhangadi-premium-league_1३१ चैत, काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा धनगढी टिम चौराहालाई ११ रनले हराउँदै कञ्चनपुर आइकोनिकले लिगमा पहिलो जित आत्मसाथ गरेको छ ।


राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको चौराहाले लिगमा लगातार दोस्रो पराजय ब्यहोरेको हो । कञ्चनपुर यसअघिका दुवै खेलमा पराजित भएको थियो ।

सेती अञ्चल प्रहरी मैदान धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १०५ रनको झिनो योगफल बनाएको थियो । ओपनर सागर पुन र सुनील धमलाले राम्रो सुरुवात गरेपनि कञ्चनपुरको मध्यक्रमले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । सागरले २० र सुनीलले ३९ रन बनाएका थिए ।

सिद्धान्त लोहनीले सातौं नम्बरमा आएर २० बलमा २७ रन बनाएपछि कञ्चनपुरले १०० रनको आँकडा पार गरेको थियो । कप्तान बिनोद भण्डारी र प्रेम तामाङ शून्यै आउट भएका थिए ।

चौराहाका लागि रामनरेश गिरी र आरिफ शेखले २र२ विकेट लिए भने सुशान भारी र प्रेम तामाङले १र१ विकेट लिए ।

१०६ रनको झिनो लक्ष्य पछ्याए पनि पारस खड्काको टोली चौराहा १७।४ ओभरमा ९४ रनमै समेटियो । एपेण्डिक्सको शल्यक्रियाबाट फर्किएपछि लयमा आउन संघर्षरत पारसको ब्याटबाट निस्किएको २३ रन चौराहाका खेलाडीले बनाएको सर्बाधिक रन हो । आरिफ शेखले २२, पृथु बास्कोटाले १९ र अनिल मण्डलले १२ रन जोडेपनि अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । चौराहाका ४ ब्याट्सम्यान शून्यमै आउट भएका थिए ।

चौराहाको इनिङ ध्वस्त पार्ने क्रममा अभिनाश कर्णले ३ विकेट लिए । म्यान अफ द म्याच बनेका उनले ३ ओभरमा १२ रन खर्चिए । ललितसिंह भण्डारी र चन्द्र साउदले २र२ विकेट लिए । सुनील धमला र सिद्धान्त लोहनीको नाममा एक एक विकेट रहृयो ।

कञ्चनपुरले यसअघि सम्पन्न दुई खेलमा रुपन्देही र काठमाडौंसँग पराजय ब्यहोरेको थियो ।

You may also Like this

थप समाचार

सिड फुटबल च्याम्पियनसिप खेल आइतबारबाट सुरु, पहिलो दिन नेवरहुड विजयी
सिड फुटबल च्याम्पियनसिप खेल आइतबारबाट सुरु, पहिलो दिन नेवरहुड विजयी

काठमाडौँ । उत्तरी भेगका विद्यालयहरुको संगठन सिडको आयोजनामा आइतबारबाट सिड फुटबल च्याम्पियनसिप खेल सुरु भएको छ । आईतबार सिडका ...

विश्व शौचालय दिवसको अवसरमा जुगलका विद्यार्थीले गरे स्कुलको सरसफाइ (भिडियो)
विश्व शौचालय दिवसको अवसरमा जुगलका विद्यार्थीले गरे स्कुलको सरसफाइ (भिडियो)

काठमाडौँ । हरेक नोभेम्वर १९ तारिकका दिन मनाईने विश्व शौचालय दिवसको अवसर पारी कपन स्थित कपनचौकीसंगै रहेको जुगल इंग्लिस मिडियम ...

सिनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि ओडिसीलाई
सिनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि ओडिसीलाई

काठमाडौँ । रातोपुल स्थित हिम्स स्कुलले आयोजना गरेको अन्तर विद्यालय सिनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि बसुन्धारामा र ...

साम्तेनको प्रथम अन्तर विद्यालय समाचार वाचन प्रतियोगिता सम्पन्न, पेमालाई उपाधि (भिडियो)
साम्तेनको प्रथम अन्तर विद्यालय समाचार वाचन प्रतियोगिता सम्पन्न, पेमालाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिक वडा नम्वर ११ मा रहेको साम्तेन मेमोरियल एजुकेशन एकेडेमीले शुक्रबार प्रथम अन्तर विद्यालय  ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...