ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

२०७५ बैशाख २८ गते ०८:१२ मा प्रकाशित


donald-trump-kim-j_

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता हुने टुंगो भएको छ ।

राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै भेटको स्थान र समय सार्वजनिक गरेका हुन्। उनले किम र आफूले यो भेटलाई विश्व शान्तिका लागि विशेष क्षण बनाउन प्रयास गर्ने बताएका छन्।

यो भेटसँगै उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्।

बुधबारमात्रै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ उत्तर कोरियाली राजधानी प्योङयाङ पुगेका थिए। पोम्पेओको भ्रमणका क्रममा उत्तर कोरियाले तीन अमेरिकी बन्दीलाई रिहा गरिदिएको छ।

गत महिना उत्तर कोरियाली नेता किम पहिलो पटक दक्षिण कोरियाली भूमिमा पुगेका थिए। दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँगको शिखर वार्तामा उनी आणविक कार्यक्रम रोक्न सहमत भएका थिए।

दक्षिण कोरियासँग शिखर वार्ता भएको हप्ता दिन नबित्दै चिनियाँ विदेश मन्त्री वाङ यी प्योङयाङ पुगेका थिए।

किम गत सोमबार दोस्रो पटक चीन आएका थिए। उत्तरपूर्वी डालियान सहरमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटेका थिए।

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...