डोकोमा ढुङ्गा बोकेर पुनःनिर्माणमा सघाउँदै सांसद (फोटोफिचर)

२०७३ जेष्ठ २ गते १७:०२ मा प्रकाशित


  • शिवशक्ति आचार्य

काठमाडौँ, २ जेठ — शनिबार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ गिरानचौर स्थित धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन एकिकृत नमुना वस्ती पुग्दा अलिक फरक दृश्य देखिन्थ्यो । सांसददेखि स्थानीय नेता कार्यकर्तासँगै रिपोर्टिङका लागि त्यहाँ पुगेका पत्रकार सम्ममा एउटा समानता थियो, उनीहरू सबै धुर्मुस सुन्तली एकिकृत नमुना बस्तीका लागि श्रमदान गरिरहेका थिए । दृश्य नै यस्तो थियो त्यहाँ की हरकोही स्वस्फुर्त श्रमदान गरिरहेका थिए ।

 

कलाकार सिताराम कट्टेल (धुर्मुस) आफैँ टाउकोमा क्याप टोपी, खैरो सर्ट र कालो ट्रयाक र खुट्टामा चप्पल लगाएर ढुङ्गा पास गरिरहेका थिए भने उनको आडैमा थिए सोही क्षेत्रका सांसद शेरबहादुर तामाङ । अन्य उपस्थित व्यक्तिसँगै त्यहाँ पुगेका पत्रकारहरू समेत रेकर्डर र कलम अर्कोतिर थन्काएर ढुङ्गा पास गरिरहेका थिए ।


अरुबेलामा विभित्र कार्यक्रममा सुकिलो–मुकिलो बनेर भाषण गरिरहेको अवस्थामा देखेका आफ्नो सांसद यसरी धुश्रो मैलो भएर ढुङ्गा पास गरिरहेको देखेर स्थानीय जनताहरू दङ्ग थिए । सेतो टिसर्ट र कालो ट्रयामा श्रमदान गरिरहेका सांसद तामाङ अरुलाई काम गर्न हौसाइरहेका थिए । निकै बेर कलाइनमा ढुङ्गा पास गरेपछि अरु थकाइ मार्न बसे भने तामाङ धुर्मुससँगै नजिकैको डोको पिठ्यूमा बोक्नतिर लागे । तामाङले लगातार १० डोका ढुङ्गा बोकेका थिए ।


श्रमदान पश्चात तामाङले नमुना वस्तीको नक्सा अवलोकन गरेका थिए । स्थानीय जनतासँगै बसेर दालमोठ चिउरा खाँदै सांसद तामाङ गफिदैँ भन्दै थिए, “ मैले पहिलेदेखि नै भन्दै आएको हुँ, अवको वस्ती एकिकृत वस्ती हुनुपर्छ भनेर, धुर्मुस सुन्तली फाउन्डेसनको पहल कदमीलाई स्थानीय जनताले एकजुट भएर साथ दिएका छन् यसबाट सबैले पाठ सिक्नुपर्छ । अन्य ठाउँहरूमा पनि एकिकृत वस्ती निर्माणको सुरुवात गर्न अब ढिला गर्न हुँदैन । ” तामाङले यसो भनिरहँदा उपस्थित सबैले हो मा हो मिलाएका थिए ।


४ करोड ७२ लाख लागतमा निर्माणाधिन उक्त नमुना वस्तीमा ६५ घर परिवारले बास पाउनेछन् । हालसम्म देश तथा विदेशबाट ३४ लाख लगत नगद सङ्कलन भएको धुर्मुसले जानकारी दिए ।

फोटो : नवराज भण्डारी

You may also Like this

थप समाचार

यि १८ अत्यावश्यक क्षेत्रमा अब हड्ताल गर्न नपाइने
यि १८ अत्यावश्यक क्षेत्रमा अब हड्ताल गर्न नपाइने

सबै प्रकारको यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध गरिएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित ग ...

बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने
बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने

काठमाडौं, वैशाख ६ –सरकारले मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।&nbs ...

कालो बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ?
कालो बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ?

बिरालोसँग जोडिएको केहि अशुभ अन्धविश्वास हो या सत्य यस कुरालाई लिएर प्रायः मानिसहरु अन्योलमा रहने गर्दछन् । जब कुनै बिरालोले ...

युवा राजनीति र सार्थक विकासका मानक महेश
युवा राजनीति र सार्थक विकासका मानक महेश

भक्तपुर – देशभरकै सबैभन्दा कान्छो गाविसका अध्यक्षका रुपमा २३ वर्षमै २०५४ सालको स्थानिय निर्वाचनमा निर्वाचित भएर नेपाली ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...