विद्यार्थीहरुको चौतर्फि विकासमा समर्पित छ निब्सः प्रिन्सिपल महत्तो (अन्तरवार्ता)

२०७३ चैत्र २३ गते १७:२० मा प्रकाशित


काठमाडौँ । नयाँ शैक्षिक सत्रको सुरुवाती भएसंगै विद्यालयहरुले विद्यार्थी केन्द्रित गतिविधिहरुलाई प्रभावकारी हुने गरी विभिन्न माध्यमहरुबाट विद्यार्थीहरुको पहुँचमामा पुगेरहेका हुन्छन् भने विद्यार्थीहरु पनि कुन स्कुल पढ्ने ?, कसरी स्कुल छान्ने ? भन्ने विषयको जानकारी लिन चाहन्छन् ।
सोही कुराको जानकारी गराउँनका लागि केटिएम खबरले विभिन्न शैक्षिक संस्थाको जानकारी दिने हेतुका साथ विभिन्न स्कुलका प्रिन्सिपलहरुसंग स्कुल विशेष भिडियो सम्वादहरुलाई जोड्दै आईरहेको छ ।
यसै सन्दर्भमा केटिएम खबरका लागि श्याम कार्कीले मण्डिखाटारमा रहेको नेशनल आईडियल बोर्डिङ्घ हाई स्कुल (निब्स) का फाउण्डर/प्रिन्सिपल डि.एन. महत्तोसंग विशेष भिडियो सम्वाद गरेका छन । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

DN Mahato
स्कुलको गतिविधिमा सरको अहिलेको व्यस्तता कस्तो छ ?
किसानहरुका लागि धान रोप्ने सिजन असार भने जस्तै हाम्रो लागि अहिले असार महिना जस्तै हो । नयाँ शैक्षिक सत्र २०७४ को सुरुवात हुने बेलामा र स्कुलका फाइनल एक्जामिनेसनमा हामी व्यस्त छौँ । नयाँ भर्ना पनि खुल्ला गरिएको छ ।
नयाँ शैक्षिक सत्रमा यहाँहरु केन्द्रित भईरहनु भएको छ, के छ सर विद्यार्थी तथा अभिभावकहरुमो पहुँचमा पुग्नका लागि स्कुलका गतिविधिलाई कसरी अगाडी बढाईरहनु भएको छ ?
निब्सको हकमा प्रत्येक बर्ष हामीले केही न केही नयाँ योजनाहरु ल्याएर, सुविधाहरु ल्याएर हाम्रा नानी–बाबुहरुलाई पस्किने जमर्को गरि नै रहेको हुन्छ । यो बर्ष पनि निब्सको एउटा चार्मिङ्घ छुट्टै किसिमको बनाईएको छ । त्यसै गरी पठन–पाठनको कुरामा विशेष सुधार गर्ने हामीले योजना बनाईसकेका छौँ । हिजोका कमि–कमजोरीलाई यस बर्ष निराकरण गरेर अगाडी बढ्ने र नयाँ योजनाका साथ विद्यार्थी भाई, बहिनीहरुको पठन, पाठनमा विशेष स्तरियता कायम गर्ने खालको विशेष योजनाहरु अगाडी ल्याएर अगाडी बढ्दै छौँ ।
स्कुलको पृष्ठभमि तिर जाऔँ सर, स्कुल कसरी स्थापना भयो ?, कस्तो स्कुल हो ?, कस्ता विद्यार्थीलाई निब्सले जोेड दिन्छ ?
निब्स आफैमा एउटा विशेषता बोकेको स्कुल हो । यसको स्थापना ११ बर्ष पहिला भएको हो । एउटा विशेष किसिमको शैक्षिक गतिविधि लिएर अगाडी बढ्ने र शिक्षाको क्षेत्रमा समर्पन भएर आफु लाग्ने र दृढ इच्छा भएर स्कुलको स्थापना गरिएको हो । त्यसै अनुसार निब्स बास्तबमा मण्डिखाटारको शान, निब्सको पहिचान भनेर हामीले एउटा नारा पनि दिएका छौँ । त्यही अनुसार म पनि अगाडी बढिरहेको छु र मेरो निब्स स्कुलको पुरै टिम त्यही अनुसार अगाडी बढ्दै नयाँ नयाँ योजना ल्याउदै विद्यार्थीको पठन–पाठनमा प्रत्येक बर्ष केही न केही नौलोपन दिदैँ अगाडी बढ्ने र विद्यार्थीहरुको विकासमा समर्पित निब्स भन्छौँ हामी किनभने अहिलेको विद्यार्थीको चाहना अनुसारको शिक्षा हामीले दिनु पर्छ । विद्यार्थीको चाहना जे कुरामा छ त्यही अनुसारको हामीले शिक्षा दिएउ भने विद्यार्थी पक्कै पनि अगाडी बढ्छ भन्ने उद्देश्यका साथ निब्स अगाडी बढि रहेको छ ।
यत्ति बेला कुन स्कुल पढ्ने अथवा पढाउने भन्ने विषयमा विद्यार्थी, अभिभावकहरुलाई केन्द्रित हुनुहुन्छ, यो मानेमा निब्स किन पढ्ने ?, के भन्नुहुन्छ ?
निब्स स्कुल किन पढ्ने ? भन्ने कुराहरु धेरै छन । निब्सको पहिलो कुरा त यहाँको वातावरण वास्तबिक स्कुलले दिने वाताबरण छ । यसको खेल मैदान देखि लिएर एउटा स्वच्छ, सुन्दर, हराभरा प्राकृतिक सौन्दर्यताले परिपुर्ण भएको स्कुलको ग्राउण्ड छ । नयाँ जोस र उमंगका साथ टिचिङ्घ प्रोफेसनमा लागेका शिक्षक साथीहरु हुनुहुन्छ । म आफै पनि दिन, रात नभनी लागि रहेको छु । यी कुराहरुले गर्दा र अहिलेको २१ औँ शतािब्दिमा जुन शिक्षा दिनु पर्ने हो त्यो अनुसारको शिक्षा निब्सले पस्कन सक्छ । आफ्ना विद्यार्थी भाई बहिनीहरुलाई हरेक किसिमको शैक्षिक सुविधाहरु सम्पन्नताबाट उनीहरुलाई उच्च स्तरिय शिक्षा हामीले प्रदान गर्न सक्छौँ । त्यस कारण पनि निब्स रोज्नु भयो भने विद्यार्थीको भविष्य पक्कै पनि उज्वल हुन्छ । यहाँ आई सकेपछि पछुताउनु पर्दैन । यहाँको वाताबरण, उच्च स्तरको शिक्षा दिन हामी सक्षम छौँ । जसले गर्दा निब्सलाई विद्यार्थीले रोज्न सक्नु हुनेछ ।
डि.एन. महत्तोसंगको थप कुराकानी हेर्न तथा भिडियो कुराकानीका लागि तलको युटुब लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

पहिलो चरणमा कसरी हुँदैछ मतदान ?
पहिलो चरणमा कसरी हुँदैछ मतदान ?

४ मंसिर, काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करीव ३१ लाख मतदाता सहभागी हुँदैछन् । निर्वाचन आयोगका अनु ...

छोराको पार्थिक शरीरमा दागवती दिँदा प्रचण्डले आँशु थाम्न सकेनन् (भिडियो)
छोराको पार्थिक शरीरमा दागवती दिँदा प्रचण्डले आँशु थाम्न सकेनन् (भिडियो)

३ मंसिर, काठमाडौं । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन् ...

छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्
छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्

३ मंसिर, काठमाडौं । छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए । हेलिकोप्टरमा काठम ...

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...