खानाको फोटो शेयर गर्ने श्रीमतीलाई लोग्नेले दिए डिभोर्स

२०७४ जेष्ठ ४ गते १३:३७ मा प्रकाशित


divorce२ जेठ । त्यो निकै रोमान्टिक डिनर हुनेवाला थियो । तर बिडम्बना दुखद भयो र डिभोर्समा टुंगियो । जोर्डनमा एकजना पुरुषले खानेकुराको फोटो स्न्यापच्याटमा शेयर गरेको झोँकमा श्रीमतीसँग डिभोर्स गरेका छन् ।

जोर्डनको राजधानी अम्मानस्थित एक रेष्टुराँमा डिनरका लागि पुगेका लोग्नेस्वास्नीबीच खानेकुराको फोटो स्न्यापच्याटमा शेयर गरेको विषयमा विवाद हुँदा सम्बन्ध विच्छेद भएको हो । लोग्नेचाहीँले लक्जरी रेष्टुराँमै पत्नीलाई तलाक दिए ।


समाचार अनुसार रेष्टुराँमा डिनर खाने बेलामा पत्नीचाहीँले आफ्नो लोग्नेलाई केहीबेर खाने काम रोकेर फोटोका लागि पोज दिन अह्राइन् । रेष्टुराँमा खाएको फोटो खिचेर स्न्यापच्याटमा शेयर गर्ने उनको मन थियो ।

लोग्नेचाहीँ निकै भोकाएका रहेछन् । रेष्टुराँमा निकै भीड भएका कारण उनीहरुले सुरुमा खानेकुरा पाउनै आधा घण्टाजति पर्खिनु परेछ । तर जब खानेकुरा टेबुलमा आइपुग्यो त्यतिबेला पनि पत्नी चाहीँले फोटो खिचिरहेकी थिइन् । जब पति चाहीँले खाना खान सुरु गर्न थालेका थिए, पत्नीले केहीबेर रोक्न भनिन् र फोटो खिचिरहिन् ।

यसबाट रिसले चूर भएका लोग्ने भड्किए र पत्नीसँग झगडा सुरु भयो । झगडाले यस्तो उग्ररुप लियो की उनले पत्नीलाई फोटो खिच्नबाट मात्र रोकेनन् उनलाई डिभोर्स दिए र पैसै नतिरी रेष्टुराँबाट बाहिरिए । एजेन्सी

You may also Like this

थप समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पको नाममा भारतीय गाँउ...
अमेरिकी राष्ट्रपति ट्रम्पको नाममा भारतीय गाँउ...

१२ असार । भारतको राजधानी नयाँदिल्लीबाट नजिकै पर्ने एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा नामाकरण गरिएको छ । ...

नचिनेका मानिसले वृद्धको घाँटी रेटेर हत्या
नचिनेका मानिसले वृद्धको घाँटी रेटेर हत्या

विराटनगर, असार १२ – मोरङको दर्वेसामा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । रंगेली नगरपालिका–९ का ६१ ...

उपचार नपाएका राई मुख्य चोकको बिच सडकमै मृत फेला
उपचार नपाएका राई मुख्य चोकको बिच सडकमै मृत फेला

१२ असार । केही दिनयतादेखि बिरामी हुँदै आएका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित बिपी चोक बस्ने ४४ वर्षीय हरि रा ...

झुलाघाट सीमा नाका ४ दिनसम्म ठप्प
झुलाघाट सीमा नाका ४ दिनसम्म ठप्प

१२ असार । स्थानीय तहको चुनावलाई मध्येनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट सीमा नाका ४ दिनका लागि बन्द गरिएको छ । सो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...