दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्

२०७५ बैशाख २ गते ०९:४४ मा प्रकाशित


मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली डेयरडेभिल्सले आइपिएलमा पहिलो जित निकालेको छ। लगातार दुई खेलमा पराजित दिल्लीका लागि जेसन रोइको उत्कृष्ट ब्याटिङमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।

ipl

१ सय ९५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरको अन्तिम बलमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। उसका लागि ५३ बलमा ९१ रन बनाए। ६ छक्का र ६ चौका प्रहार गरेका उनी अन्तिमसम्म नटआउट रहे। यस्तै रिशभ पन्तले २५ बलमा ४७ रन बनाएका थिए। कप्तान गौतम गम्भीर १५ रनमा आउट भएका थिए।

अन्तिम ओभरमा दिल्लीलाई ११ रन आवश्यक हुँदा रोइले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै दिल्लीलाई जित नजिक पुर्‍याए। तर, पछिल्लो ३ बलमा कुनै रन बनाउन नसक्दा दबाबमा रहेका उनले अन्तिम बलमा १ रन लिँदै महत्वपूर्ण जित दिलाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो। मुम्बईका लागि ओपनर सूर्यकुमार याधव र एभिन लेविसले १ सय २ रनको साझेदारी गरेका थिए। याधवले ५३ तथा लेविसले ४८ रनको योगदान दिए। त्यस्तै इशान किसनले ४४ रन बनाए।

दिल्लीका ट्रेन्ट बोल्ट, ड्यानियल क्रिस्टियन र राहुल टेवाटियाले समान २ विकेट लिए। शनिबार पनि नेपाली यूवा स्पिनर सन्दीप लामिछानलेले टोलीको प्लेइङ ११ मा अवसर पाएनन्।

You may also Like this

थप समाचार

दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्
दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्

मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली डेयरडेभिल्सले आइपिएलमा पहिलो जित निकालेको छ। लगातार दुई खेलमा पराजित दिल्लीका लागि जेसन रो ...

आइपीएलः आजको खेलमा सन्दीप लामिछाने टिममा परे
आइपीएलः आजको खेलमा सन्दीप लामिछाने टिममा परे

काठमाडौं । इण्डियन प्रिमियर लिग ९आइपीएल०को आजको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने मैदानमा उत्रदै छन् । दिल्ली डेयरडेभिल्सब ...

घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट
घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट

धनगढी - हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित् ...

नेपालमा कलेजोरोगको समस्या बढ्दो
नेपालमा कलेजोरोगको समस्या बढ्दो

कलेजोरोगको समस्या नेपालमा डरलाग्दोरुपले बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।  काठमाण्डौँ माघ २६ । खानपान र जीवनशैलीका क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...