‘छक्का पञ्जा फेरि’मा धुर्मुस सुन्तली यसकारण नखेल्ने

२०७४ बैशाख १२ गते ११:०७ मा प्रकाशित


dhurmus suntali eskaran nakhelne१२ बैशाख, काठमाडौं । दिपाश्री निरौलाको निर्देशन रहने छक्का पञ्जा फेरिमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सहभागी नहुने भएका छन् ।

मुसहरबस्ती निर्माणमा जुटेका सिताराम कट्टेलले बस्तीको अफिसियल काम अझै बाँकी रहेको र आय आर्जनका विषयमा पनि थप केही काम गर्नुपर्ने भएकाले चलचित्रमा सहभागी नहुने बताए । ‘म मुसहर बस्ती निर्माणमै भएको बेला दिपक दाईले सोध्नु भएको थियो मैले फिल्म निर्माणमा सहभागी हुन नसक्ने जानकारी गराँए ।’ सितारामले भने ।

आफु लगायत अन्य हाँस्य कलाकारको सहभागीता रहेको फिल्ममा आफु सहभागी हुन नपाएकोमा सितारामले दुःख ब्यक्त गरे । ‘सहभागी हुन नपाएकोमा दुःखी छु तर, दिपक दाई दीपा दिदीको टिमले राम्रो गर्नु हुन्छ त्यसमा खुसी छु ।’ उनले भने ।

धुर्मुस सुन्तली फाउन्डेसनको स्थायी कोषका लागि विभिन्न मुलुकमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ । त्यस कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले पनि चलचित्रमा सहभागी हुन नसकेको सितारामले बताए ।

सिनेमाको प्रदर्शन मिति समेत घोषणा भएकाले निश्चित मितिमा सुटिङ गर्नुपर्ने भन्दै सिताराम भन्छन् ‘हाम्रो कारण सिनेमाको सुटिङ ढिला हुन हुन्न ।’

You may also Like this

थप समाचार

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !
लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !

२५ भाद्र । तपाइँ चाहे जति नै धेरै स्वस्थ किन नहुनुस् वा बाँच्नका लागि अनेकन जुक्ति किन नगर्नुस्, एकदिन मर्नैपर्दछ । कोही धेरै ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...