पञ्चकुला, भदौ १० । उत्तरी भारतीय सहरमा सयौं सैनिक तैनाथ गरिएतापनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ ।
हरियाणा सहरमा हजारौं व्यक्तिले आफ्ना धर्मगुरु मानिआएका गुरमित रामरहिम सिंहलाई बलात्कारको मुद्दामा एक अदालतले शुक्रबार दोषी ठहर गरेपछि सो प्रदर्शन सुरु भएको थियो ।
प्रदर्शनकाक्रममा अन्य २०० घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ ।
यद्यपि, सरकारी स्रोतले एएफपी समाचार समितलाई दिएको जानकारीअनुसार जारी प्रदर्शनकाक्रममा कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । यस घटनामा गोली प्रहारबाट नै व्यक्तिहरु हताहत भएका छन् ।
गैरनाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था ‘डेरा’का प्रमुखसमेत रहेका गुरमितका समर्थकद्वारा भएको प्रदर्शनकाक्रममा जारी झडपमा परी देशका विभिन्न सहरमा उनीहरुको मृत्यु भएको हो ।
हरियाणा राज्यको पञ्चकुला सहरमा गुरमितका हजारौं समर्थकहरुले अदालतको फैसलाको विरोध गर्दै स्थानीय टेलिभिजनका गाडीहरु, सार्वजनिक तथा निजी सवारी–साधनहरु, भवनहरुलगायतमा तोडफोड गरेका छन् ।
उनीहरुले कतिपय ठाँउमा आगजनीसमेत गरेका सरकारी अधिकारीहरुले बताएका छन् ।
हरियाणा र छिमेकी पन्जाबमा मोबाइल फोनसेवा अवरुद्ध भएको छ । हिंसा थप बढ्न नदिन शुक्रबार बेलुकादेखि नै सरकारले उच्च सुरक्षा सतर्कता बढाएको छ ।
गुरमितले आफ्ना दुईजना अनुयायीहरुलाई बलात्कार गरेको ठहरसहित अदालतले शुक्रबार उनीलाई दोषी भएको जनाएको थियो ।
सीबीआईका न्यायाधीश जगदीप सिंहकाअनुसार ५० वर्षीय डेरा प्रमुखलाई दोषी ठहर गर्दै आगामी अगस्त २८ गते सजाय सुनाइने बताएका छन् ।
सिंहकाअनुसार गुरमितलाई सातदेखि १० वर्षसम्मको आजीवन कैद हुनसक्ने छ ।
प्रदर्शनकाक्रममा ५० जना प्रहरी तथा सुरक्षाकर्मीसहित झन्डै २०० जना घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् ।
प्रहरीले हरियाणा, पन्जाब र राजस्थानसमेतका सहरहरूमा व्यापक हस्तक्षेप गरेको र अश्रुग्यास, पानीका फोहरा, हवाई फायर गरेको प्रदर्शनकारीले जनाएका छन् ।
प्रदर्शनकारीले जुलुसमा सहभागीहरूलाई ताकेरै गोली चलाएको दाबी पनि गरेका छन् ।
गुरमितको विश्वभरि ६ करोड समर्थक रहेका अनुमान गरिएको छ । राससःएएफपी
काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...
काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...
काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...
दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...