२२ तलाको धरहरा: यसकारण टेलिकमको प्रस्ताव ‘रिजेक्ट’

२०७५ बैशाख १९ गते ०९:३१ मा प्रकाशित


new-dharahara-1

ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणले आगामी १५ असारसम्म धरहराको शिलान्यास गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. युवराज भुसालले बताए । यो खबर कृष्ण रिजालले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्राधिकरणले धरहराको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । सरकार आफैँले धरहरा निर्माण गर्ने गरी लगानीको मोडालिटीसमेत तयार भइसकेको उनले बताए । ‘अहिले टेन्डर डकुमेन्ट तयार गर्दै छौँ,’ उनले भने, ‘अबको डेढ साताभित्रै टेन्डर आह्वान गर्ने, जेठ अन्त्यसम्ममा टेन्डर अवार्ड गर्ने र असारभित्रै शिलान्यास गर्ने कार्ययोजना छ ।’

यसअघि नेपाल टेलिकमले धरहरा बनाउने गरी प्रक्रिया अघि बढाइएको थियो । २९ असार ०७३ मा मन्त्रिपरिष्दको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा नेपाल टेलिकमलाई दिएको थियो । तर, टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्व विभागले त्यसलाई रिजेक्ट गरेको हो । आफ्नो प्रस्तावलाई पुरातत्व विभागले अस्वीकार गरेपछि टेलिकमले धरहरा निर्माणबाट हात झिकेको प्रवक्ता सोभन अधिकारीले बताए । टेलिकमले हात झिकेपछि सरकारले धरहरा निर्माणको जिम्मा प्राधिकरणलाई नै दिएको हो । सोहीअनुसार प्राधिकरणले अहिले धरहरा निर्माण प्रक्रिया अघि बढाएको हो।

डिपिआरअनुसार धरहराको कुल लागत करिब ४ अर्ब २७ करोड रुपैयाँ हुनेछ । प्राधिकरणका अनुसार धरहरा र परिसरको कुल क्षेत्रफल २४ रोपनी हुनेछ । भूकम्पले भत्काएको धरहरालाई सिसाले छोपेर राखिनेछ भने भत्किएको धरहरासँगै नयाँ धराहरा निर्माण हुनेछ । नयाँ निर्माण हुने धरहरा ६९.२ मिटर अग्लो हुनेछ । त्यसमाथि १२ मिटरको गुम्बज निर्माण गरिने प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए । धरहरा निर्माणका लागि सुन्धारास्थित हुलाक कार्यालय भत्काइनेछ । उक्त स्थानमा दुई तलाको बेसमेन्ट पार्किङ निर्माण हुनेछ । धरहराको पुनर्निर्माण आगामी २ वर्षभित्र सम्पन्न भइसक्नेछ । २२ तलाको धरहरामा २२ तलासम्म नै लिफ्ट जान्छ ।

कहाँबाट आउँछ लगानी ?
४ फागुन ०७३ मा प्रधानमन्त्री केपी ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेका थिए । उक्त अभियानअन्तर्गत धरहरा निर्माण कोषमा २४ करोड जम्मा भइसकेको छ । सो कोषमा सहयोग रकम आउने क्रम जारी नै रहेको छ । त्यस्तै, धरहरा निर्माणका लागि नेपाल टेलिकमले १ अर्ब रुपैयाँ सहयोग दिने प्रतिबद्धता जनाएको छ । यसअनुसार हालसम्म १ अर्ब २४ करोड रुपैयाँ लगानी जुटिसकेको छ । बाँकी रकम सरकारले खर्च गर्ने उनले बताए ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...