सुध्रिएला धनुषाको शैक्षिक अवस्था ?

२०७४ भदौ ३१ गते १७:३४ मा प्रकाशित


dhanusha३१ भाद्र, काठमाडौँ । “पहिला पहिला शिक्षक सरुवा कार्यालय बाहिरबाटै हुन्थ्यो । पछि कार्यालयमा बोधार्थका पत्र आउँदा हामी छक्क पर्थ्यौं ।” जिल्ला शिक्षा कार्यालय, धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादव भन्छन्, “यसमा तपाईंहरु अचम्म नमान्नुहोला कि पछिल्लो समयमा शिक्षा अधिकारी कार्यालयमै भेटिन थाल्नुभएको छ ।”

केही महिना पहिला प्रावि बोरेश्वरबाट राजर्षी जनक प्राविमा सरुवा गरिएका ब्रम्ह्देव राउतलाई राजर्षीका प्रधानध्यापक पवनकुमारी सिंहले हाजिर नगराएपछि राउत हाजिर गराइ पाउँ भन्दै शिक्षा कार्यालय धाउन थालेका छन् तर कार्यालयमा राउतलाई सरुवा गरेको भन्ने अभिलेख भेटिएन । जिल्लामा यस्ता उदाहरण धेरै भेटिन्छन् ।

शैक्षिक सुशासनका दृष्टिमा कमजोर मानिने तराईका आठ जिल्लामध्येको एक धनुषामा शैक्षिक गुणस्तर पनि माथि उठ्नसकेको छैन भने शिक्षा कार्यालयभित्रकै अनियमितता र आन्तरिम विवाद पटक÷पटक सार्वजनिक हुँदै आएको छ ।

कतिपय समयमा सुरक्षाका कारणले पनि अधिकारीहरु कार्यालय भन्दा बाहिरबाट काम गर्न बाध्य भएका पाइएका थिए । विद्यालय नै नभएको ठाउँमा बजेट दिने, नियुक्ति नै नभएका शिक्षकका नाममा तलब निकासा गर्ने जस्ता भ्रष्टाचारका मुद्दा पनि यही जिल्लामा भेटिएका थिए भने कतिपय शिक्षा अधिकारीले काटेका पत्रका आधारमा नियुक्तिवाला शिक्षकको विद्यालय र परिचय भेटाउनै मुस्किल पर्दथ्यो ।

विद्यालय व्यवस्थापन समितिमा वषौँसम्म निर्वाचन नहुने र निर्वाचन हुँदा पनि संसद्को निर्वाचन झै दलीय प्रतिस्पर्धा र व्यापक आर्थिक चलखेल पनि यहाँ हुने गुनासो सुनिन्छ ।

जिल्ला शिक्षा कार्यालयमा कुनै समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका यस्ता पत्र आउँथे कि त्यसको जवाफ दिन एक सहायक शिक्षा अधिकारीलाई जिम्मेवारी नै दिइएको हुन्थ्यो । तत्कालीन केही शिक्षा अधिकारी र कर्मचारीमाथिका उजुरी अहिले पनि छानबिनकै क्रममा छन् ।

जिल्लामा अहिले यामबहादुर खड्का नयाँ जिल्ला शिक्षा अधिकारीका रुपमा आएपछि उनी कार्यालयमा नियमित देखिन थालेका छन्। खड्का भन्छन्, “पहिला के के भए सबै मलाई थाहा छैन, म अध्ययन गर्दैछु, तर मैले कानून र नियम मिचेर कुनै काम गर्दिनँ, शैक्षिक गुणस्तर र सुशासन कायम गराउनु मेरो पहिलो प्राथमिकता हो ।”

उनले स्थानीय तहबाट सामुदायिक विद्यालयका शिक्षकको तलब निकासाका लागि तत्काल प्रक्रिया अघि बढाइएको र शैक्षिक निरन्तरता र सुशासनका लागि जनप्रतिनिधि, शिक्षक र समुदायसँग छलफल गरेर कार्ययोजना बनाउने पनि जानकारी दिए।

सहायक अधिकारी यादव निवर्तमान शिक्षा अधिकारी महेन्द्र महतोका पालामा माध्यमिक तहको शिक्षक दरबन्दी मिलानलगायतका केही सकारात्मक सुरुवात भए पनि उनले पनि केही शिक्षकलाई होटलमा बसेर सरुवा गरेको आरोप लगाए।

संस्थागत विद्यालयको अनुगमन र अध्ययन गरेको विषयमा कार्यालयका कर्मचारी अनिल यादवले आफूलाई दुर्व्यवहार गर्दा पनि कारबाही नगरेको यादवको गुनासो छ ।

महतो हाल सिरहामा शिक्षा अधिकारी छन् । तर महतोले आफूले त्यस्तो काम नगरेको र फाँटवालाबाट आएको टिप्पणी बमोजिम आवश्यकता र कानून हेरेर मात्र सरुवा गर्ने गरेको दाबी गरे। दुर्व्यवहार गर्ने कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा चलिसकेकाले आफूले थप कारबाही नगरेको महतोको भनाइ छ । रासस

You may also Like this

थप समाचार

पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)
पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)

काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले आफ्नो १२औँ खेलकुद सप्ताह सम्पन्न गरेको छ । पुस २४ गतेबाट सुरु भएको उक्त खे ...

पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई
पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष ...

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...