धनगढी प्रिमियिर लिगको तयारी पूरा

२०७३ चैत्र २५ गते १२:१७ मा प्रकाशित


dhangadi-premium-league२५ चैत । सगरमाथा सिमेण्ट धनगढी प्रिमियर लिगको सम्पुर्ण तयारी सम्पन्न भएको छ । आयोजकले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको हो । क्रिकेटलाई अझ योजनाबद्ध र व्यवसायिक हिसाबले लैजानको लागि धनगढी क्रिकेट एकेडेमी ९डीसीए० र सुदुरपश्चिमाञ्चल ऐकेडेमी (एसपीए) को नयां योजनाका साथ शहरहरु केन्द्रित लिगको तयारी सकिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए । केही टिमहरु धनगढी आईसकेका छन् भने केही टिमहरु धनगढी आउने क्रम जारी छ । अध्यक्ष शाहीले भने–मैदान तथा पीच निर्माण सम्पन्न भईसकेको छ । प्रतियोगिता आयोजनाका विभिन्न उप समितीहरुले पनि आ–आफ्ना जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरिरहेका छन । म्याच अफिसियलहरु धनगढी आईपुगेका छन् ।

विभिन्न शहरका टोलीहरुलाई फ्रेन्चाईज गरेर चैत २७ देखि बैशाख ०९ सम्म आयोजना गर्न लागिएको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको तयारी सकिएको हो । यो लिग नेपाली क्रिकेटको विकेन्द्रीकरण र व्यवसायिक पाईलामा नया आयाम हुने आयोजकले जनाएको छ । उद्घाटन खेलमा नेपाल ११ र धनगढी ११ बिचमा खेल हुनेछ । खेलको सवै तयारी सकिसकेको छ । सो च्यारिटी खेलबाट खर्च कटाएर बचेको रकम ड्रिम फाप्लालाई हस्तान्तरण गरिने अध्यक्ष शाहीले वताए ।

धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदुरपश्चिमाञ्चल एकेडेमी ९एसपीए० को सयुक्त आयोजनामा हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग ९डीपीएल० नेपाली क्रिकेमा नौलो संरचना, नेपालकै सबभन्दा ठूलो धनराशिको पुरस्कार भएको सुदुरपश्चिमाञ्चल एकेडेमीका पिूसिन्पल पुष्पराज ाजेशीले वताए । यस अघिको देशकै सर्वाधिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिता ‘होटल डिभोटी एसपीए कप’ र नेपालमै पहिलो पटक खेलाडीको अक्सन प्रक्रियाद्धारा आयोजित ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग’को मर्जरको नयां स्वरुप नै ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ धनगढी क्रिकेट एकेडेमीसग मिलेर आयोजना गरेको प्रिन्सिपल जोशीले वताए ।

देशभरिका विभिन्न ६ शहरबाट टिम छनोट गरिएको छ । जसमा कप्तानको टुंगो लक्की ड्र बाट गरिएको हो । उनीहरुले समान १ लाख ५० हजार पारिश्रमिक पाएका छन । ती बाहेक अन्य खेलाडीहरुले अक्सनमा रकम बोलकबोल गरेर १ लाख रुपैयासम्म रकम पाएका छन । प्रतियोगितामा सीवाईसी अत्तरियाको कप्तानी ज्ञानेन्द्र मल्ल, विराटनगर किङ्सको कप्तानी शरद भेषावकर, काठमाडौं गोल्डेन्सको कप्तानी बसन्त रेग्मी, रुपन्देही च्यालेन्जर्सको शक्ति गौचन, कञ्चनपुर आइकोनिकको विनोद भण्डारी र टिम चौराहा धनगढीको कप्तानी पारस खड्काले गर्नेछन् ।
प्रतियोगिताको विजेतालाई रु १५ लाख र उपविजेतालाई रु ७ लाख रुपैया तथा ट्रफी प्रदान गरिनेछ । नेपाली क्रिकेटमा यो हालसम्मकै सवैभन्दा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हो । प्रत्येक खेलका वेल्स क्याफे म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले टिभीएस आरटीआर २०० अपाचे मोटरसाईकल पाउनेछन् । प्रतियोगिताको पुरस्कार राशीमा मात्र २७ लाख रुपैया खर्च हुने धनगढी क्रिकेट एकेडेमीका निर्देशक महेश शाहले वताए ।

प्रतियोगिता टि–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक आपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमस“गको विजेतास“ग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगितामा दर्शकहरुका लागि टिकटदर रु ३०, ५०, ८० र र १०० रहनेछ । टिकटबाट प्राप्त हुने रकमको २० प्रतिशत धनगढी क्रिकेट एकेडेमीका दिवांगत पुर्व प्रशिक्ष्ँक अर्जुन खड्का छोराछोरीको अध्ययनका लागि कोष खडा गर्न छुट्याइनेछ । त्यस्तै, १५ प्रतिशत रकम फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगाशाला निर्माण अभियान ९ड्रिम फाप्ला० का लागि छुट्याइनेछ भने १५ प्रतिशत रकम सहभागी टिमहरुलाई दिईने अध्यक्ष सुवाश शाहीले जानकारी दिए ।

दर्शकहरुलाई पहिलो पटक सुदुरपश्चिममा कृत्रिम प्याराफिट निर्माण गरिनुका साथै टिकट काटेका दर्शकहरुमध्ये गोलाप्राथवाट एक जनालाई नगद २५ हजार पुरस्कार प्रदान गरिनेछ । यसको साथै खेलाडीहरुको लागि खेल अवधिभर खेल चिकित्सकको पुर्ण रुपमा व्यवस्थापन गरिएको छ भने एनएलजी ईन्सुरेन्सले खेल अवधिभर ५ लाखको वीमा गरेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रतियोगिताले धनगढी अनि समग्र सुदूरपश्चिमको पहिचान फराकिलो बनाउन मदत पुगेको विश्वास लिएका छौ । प्रतियोगिता अवधीभर यस क्षेत्रको आर्थिक क्रियाकलाप चलायमान हुने र विभिन्न व्यक्तिहरुले रोजगारी पाउने आशा आयोजकले गरेका छन् । देशभरिबाट हजारौ पर्यटन धनगढी भित्र्ने स्थानीय व्यापारी, होटल व्यवसायी, यातायात क्षत्रको विकासमा प्रबर्धन पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ ।

You may also Like this

थप समाचार

सिरियामाथि यस्तो तयारी गर्दैछन् ट्रम्प !
सिरियामाथि यस्तो तयारी गर्दैछन् ट्रम्प !

५ साउन । अमेरिकाले सिरियामा राष्ट्रपति बसार अल असद विरुद्ध लडिरहेका विपक्षी लडाकु समूहलाई सहयोग कटौती गर्ने भएको छ । अमेरिकी ...

फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? होसियार ! यस्तो खतरा
फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? होसियार ! यस्तो खतरा

४ साउन । सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलल ...

स्थानीय तहको सञ्चालनका लागि ‘नमुना कानुन’
स्थानीय तहको सञ्चालनका लागि ‘नमुना कानुन’

२ साउन । सरकारले स्थानीय तहको सन्चालनका लागि ‘नमुना कानुन’ ल्याएको छ । स्थानीय तहले कानुन नबनाउँदासम्म ‘नमु ...

‘सितारा टल्किने साडी’मा रविन्द्र र रुविनाले कम्मर मर्काउदै (भिडियो)
‘सितारा टल्किने साडी’मा रविन्द्र र रुविनाले कम्मर मर्काउदै (भिडियो)

काठमाडौँ । यस वर्षको नयाँ तिज गीत “सितारा टल्किने साडी” वजारमा आएको छ । गीतको म्युजिक भिडियोमा भने रविन्द्र दर्ना ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...