ओली निवासमा देउवा: एक घन्टाको छलफलमा के भयो ?

२०७४ बैशाख २७ गते १६:५९ मा प्रकाशित


oli-deuwaभक्तपुर, वैशाख २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

छलफलका लागि सभापति देउवा बिहान ११.३० बजे एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए ।

भेटपछि सन्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीका निजीसचिव अनिश दाहालले समसामयिक विषयमा दुई दलका अध्यक्षबीच छलफल भएको बताए ।

करिब एक घन्टा भएको भेटमा कांग्रेस सभापति देउवाले मधेसकेन्द्रित दललाई सहमतिमा ल्याएर चुनाव गराउनुपर्नेमा जोड दिँदै संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको उनले बताए ।

भेटमा एमाले अध्यक्ष ओलीले दोस्रो चरणको निर्वाचन बजेटअघि गर्नुपर्नेमा जोड दिँदै सहमतिका लागि छलफललाई निरन्तरता दिने र अन्य दलसँग छलफल गरेर गतिरोधको निकास निकाल्नेबारेमा छलफल भएको ओलीका निजीसचिव दाहालले जानकारी गराए । रासस

You may also Like this

थप समाचार

राष्ट्रिय खेल ‘भलिबल’ भएपछि ‘गैंडा’ तनावमा
राष्ट्रिय खेल ‘भलिबल’ भएपछि ‘गैंडा’ तनावमा

९ जेठ । डण्डीबियो खेलको विषयमा ‘डण्डीबियो’ नाम राखेर चलचित्र बनाउने तयारीमा रहेका निर्माता तथा निर्देशक निर्मल शर ...

नवराजलाई कपन बनाउने चुनौति
  नवराजलाई कपन बनाउने चुनौति

९ जेठ, काठमाडौं । संविधानसभाको दोस्रो निर्वाचन ०७० मा एमालेले पाएको ९ हजार २८ मतका विरुद्ध एक्लैले २२ हजार ३ सय ३६ को कीर्तिम ...

गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे

बैतडी, ७ जेठ । गर्मी बढेसँगै बैतडीमा झाडापखालाका बिरामी बढेका छन् । जिल्लाभरिका स्वास्थ्य संस्थामा झाडापखालाका बिरामी बढी आउन ...

सामाजिक संस्थाका नाममा यातायात सञ्चालन गर्दै राजस्व छली

काठमाडौँ, ७ जेठ । सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात समिति कम्पनी अन्तर्गत नभइ सङ्घ संस्था ऐनअनुसार दर्ता गरिएर राजस्व छ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...