देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नु अघि प्रचण्डका दुई शर्त के-के ?

२०७४ बैशाख २३ गते १२:०५ मा प्रकाशित


pd२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्न दुई शर्त अगाडि सारेका छन् । सहमति अनुसार जेठ पहिलो साता प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नु अघि प्रचण्डले दुई शर्त अगाडि सारेका हुन् ।

प्रचण्डले जेठ १५ गते बजेट र जेठ ३१ गतेको निर्वाचन आफ्नो नेतृत्वको सरकारले गर्नुपर्ने अडान राहेका छन् । तर देउवाले स्वीकार गरेका छैनन् ।

प्रचण्डले कांग्रेसको चाहना अनुसार नै बजेटमा विषयहरु समावेश गर्ने गरी बजेट ल्याउने तयारी गरेको प्रचण्डको सचिवालयले बताएको छ । सचिवालयका एक सदस्यले भने,‘सर्वोच्च अदालतको फैसला निर्वाचन लगायतको विषयमा अहिले सरकार परिवर्तन गर्दा राम्रो सन्देश जादैन, दुई जना साना पार्टीले सरकारको समर्थन फिर्ता लिए मात्र सरकार ढल्छ त्यसैले अहिलेकै सरकारलाई जेठ ३१ गतेसम्म निरन्तरता दिउ ।’

प्रचण्डले हिजोबाट सरकारको आयु लम्ब्याउने गरी गृहकार्य अगाडि बढाएका छन् । जुन प्रस्तावमा देउवाले पार्टीभित्र छलफल गर्नुपर्ने बताएका छन् ।

कांग्रेसले भने आफ्ने नेतृत्वको सरकारले बजेट ल्याउनु पर्ने अडान राख्दै आएको छ । निर्वाचन आयोगले जेठ १५ गते बजेट नल्याउने पत्राचार गरेपनि संविधान अनुसार सरकारले जेठ १५ मा नै बजेट ल्याउने भएको छ । बजेट सार्नको लागि संविधान संशोधन गर्नुपर्ने र त्यो गर्नको लागि दुई तिहाई बहुमत चाहिने अवस्था रहेकाले सरकारले जेठ १५ मा नै बजेट ल्याउने तयारीमा रहेको प्रचण्डको सचिवालयले बताएको छ ।

You may also Like this

थप समाचार

यसकारण २७ वर्षपछि नागपञ्चमी र रक्षाबन्धन एकै दिन !
यसकारण २७ वर्षपछि नागपञ्चमी र रक्षाबन्धन एकै दिन !

८ साउन, काठमाण्डौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्ष नागपञ्चमी र रक्षाबन्धन एकै दिन परेको जनाएको छ । पञ्चाङ्ग निर्णायक ...

भरतपुरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ आज हुदैँ
भरतपुरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ आज हुदैँ

८ साउन । पहिलो चरणमा चुनाव भएको चितवनको भरतपुर महानगरमा मतपत्र च्यातिएको मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। पटक पटक ...

चित्रबहादुर केसी भन्छन्, साना पार्टीलाई ठूलो षड्यन्त्र भयो
चित्रबहादुर केसी भन्छन्, साना पार्टीलाई ठूलो षड्यन्त्र भयो

८ साउन, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिन ...

दार्जिलिङमा नेपालबाट नुन–तेल !
दार्जिलिङमा नेपालबाट नुन–तेल !

काठमाडौं, साउन ८ । बजार ठप्प छ । तैपनि बिहानदेखि बेलुकैसम्म भारतीय ग्राहकको भीड घट्दैन । खाद्य पसलेलाई नुन–तेलदेखि दाल& ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...