देशभर विद्यार्थी भर्ना अभियान सुरु

२०७४ बैशाख ३ गते १२:२१ मा प्रकाशित


admission-mission-भक्तपुर, वैशाख ३ – ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यसवर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ । वैशाख २ गतेदेखि अभियान सुरु गर्ने भनिए पनि त्यसदिन शनिबार परेकाले आइतबारदेखि देशभर भर्ना अभियान सुरु भएको हो ।

विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका ५ देखि ९ वर्षका ३.१ प्रतिशत बालबालिका र आधारभूत तह कक्षा १ देखि ८ सम्मको ५ देखि १२ वर्ष उमेर समूहका ९ प्रतिशत बालबालिकालाई विद्यालय ल्याउन अभियान संचालन गरिएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

विभागले विद्यार्थी विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी र सिकाइ उपलब्धी सुधार गर्ने लक्ष्यका साथ यसवर्षको अभियान सुरु गरेको छ । महानिर्देशक पोडेलले २०७३ सालमा प्राथमिक उमेर समूह ५ देखि ९ वर्षका विद्यार्थीको खुद भर्ना दर राष्ट्रिय औसत ९६.९ प्रतिशत रहेको र आधारभूत तह कक्षा १ देखि ८ सम्मको ५ देखि १२ वर्ष उमेर समूहको खुद भर्ना दर राष्ट्रिय औषत ९१ प्रतिशत रहेकोे बताउनुभयो ।

विद्यालय बाहिर रहेका बालबालिकाको खोजी गरी उनीहरुलाई विद्यालयमा ल्याउने र विद्यालयमा टिकाई राख्न भर्ना अभियानका साथ अभियान सुरु भएको हो । शिक्षा विभागका उपनिर्देशक एवं अनिवार्य शिक्षा तथा वाल अधिकार शाखाका प्रमुख नरहरि अर्यालले जुम्ला, हुम्ला, डोल्पा, मनाङ्ग र मुस्ताङ्मा भने गत फागुन १ गतेबाट नै भर्ना अभियान सुरु भएपनि अन्य ७० जिल्लामा भने आइतबारदेखि सुरु भएको बताउनुभयो ।

भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाई राख्न सरकारले निःशुल्क पाठ्यपुस्तक वितरण, छात्रबृत्ति वितरण, दिवा खाजा कार्यक्रम, अभिभावक शिक्षा अभियान, वैकप्लिक सिकाई केन्द्र, अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम, बैकल्पिक शिक्षा कार्यक्रम, प्राथमिक बाल शिक्षा कार्यक्रमजस्ता कार्यक्रमहरु संचालनमा ल्याइएको उहाँको भनाई छ ।

You may also Like this

थप समाचार

विप्लवको निशानामा माओवादी नेताहरु, चुनाव खारेजीको माग
विप्लवको निशानामा माओवादी नेताहरु, चुनाव खारेजीको माग

काठमाडौं, कात्तिक २६ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन नजिकिँदै गर्दा बम आतंक मच्चाएको छ । प्रतिनिधि र प ...

कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते
कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते

कैलाली, कात्तिक २६ । कैलालीमा शनिबार राती भएका छुट्टाछुट्टै चार वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छ ...

काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश
काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व&ndash ...

इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास
इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास

२१ कात्तिक, काठमाडौं । इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट स ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...