दातको दुखाई र समाधान

२०७४ असोज १२ गते ०८:४६ मा प्रकाशित


सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ । 

(१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने
(२) दाँत किराले नखाई/नसड्दै/नबिग्रदै दुख्ने

दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने:1 dental

  • सामान्यतया दाँतमा किरा लागेर वा दाँत सडेर दाँतको भित्री भाग/तह (रगत सञ्चालन हुने) नशा (Pulp) सम्म नपुग्दा चिसो र गुलियो खाँदा दाँत सिरिङ्ग सिरिङ्ग हुने गर्दछ ।
  • यदि दाँत किराले खाँदै/सड्दै जाँदा नशा सम्म पुगेमा दाँत दुख्ने गर्दछ । यो समय पिडादायक हुने गर्दछ ।

nima sherpaदाँत किराले खाएर (दाँत सड्दै/बिग्रदै) दुख्ने अवस्थामा घरेलु औषधी उपचार:

  • दाँतमा भएको खाल्डो (Cavity) मा फसेको खानेकुराहरुलाई चुच्चो सिन्को (Tooth Pick) को माध्यमबाट निकाल्नुहोस् ।
    आधा चिया चम्चा नुन एक गिलास मनतातो पानीमा मिलाई कुल्ला गर्नुहोस् ।
  • सफा निर्मलीकरण गरिएको कपासको सानो भाग (Cotton Pellet) लिई दाँतको खाल्डो/प्वालमा राखि दिनुहोस् ।
  • दाँतको खाल्डो/प्वालमा वा दाँतको तलतिर ल्वाङ अथवा ल्वाङको तेल राखी अस्थायी रुपमा दुखाई कम गर्न सक्नुहुनेछ ।

दाँत किराले खाएर (दाँत सड्दै/बिग्रदै) दुख्ने अवस्थामा क्लिनिकल (Clinical) उपचार:

मख्यतया किराले खाई (दाँत सडेर/बिग्रेर) दुखेको दाँतको उपचार दाँतको जरा नशाको उपचार (Root Conal Treatent RCT) गरि दाँतको टोपी (Crown) लगाउन जरुरी हुन्छ ।
अथवा
दाँतको अवस्थालाई हेरी दाँत निकाल्न सक्नुहुनेछ । जुन उपचार डेन्टल सर्जनबाट गराउन सक्नुहनेछ ।
दाँतको उपचार विधिको केही तस्वीरहरुः

2dental

दाँत किराले नखाई/नसड्दै/नबिग्रदै दुख्नेः
दाँत किराले नखाई/नबिग्रदै दुख्ने दुई प्रकारले हुन्छ ।
(क) गिजाको समस्याले दुख्ने
(ख) बुद्धिबंगराको दुखाई
(क) गिजाको समस्याले दाँत दुख्नेः

  • गिँजा सुन्नेको वा गिँजाबाट रगत आउने भएको छ वा छैन जाँच्नुहोस्या/द गर्नुहोस् ।
  • सामान्यतया गिँजा सुन्नेको कारण मुख स्वास्थ्यको ख्याल नगर्नु (Poor Oral Hygiene) र दन्त लेउ (Dental Plaque) जम्नु हो ।
  • गिँजाबाट ब्रस गर्दा वा आफै बेलाबखत रगत आउन थालेमा नआत्तिनुहोस्, रगत आउनु भनेको गिँजा सुन्निनु (Inflammation) हो र यो विस्तारै घट्दै सन्चो हुनेछ ।3 dental

गिजाको समस्याले गर्दा हुने दुखाइको घरेलु औषधी उपचारः

  • नुनपानीले कुल्ला गर्नुहोस् जसमा आधा चिया चम्चा नुन एक गिलास मनतातो पानी राख्नुहोस् ।
  • नरम ब्रसले विस्तारै ठाडो (Vertical) पारेर दाँत माझ्नुहोस् । गिजाबाट रगत आउन सक्छ र दुखाई कम भएको महशुस गर्न सक्नुहुनेछ ।
  • सँधैको लागि तेर्सो (Horizontal) पारेर ब्रस गर्न छोड्नुहोस् ।
  • गिजा तथा दाँत सफा गर्न सिन्का, सियो, सुई जस्ता तिखो वस्तुहरु प्रयोग नगर्नुहोस् ।
  • दाँत र गिजाको दुखाई कम गर्न दाँत र गिजाको तलतिर ल्वाङ राखी च्याप्नुहोस् जसले अस्थायी रुपमा दुखाई कम गर्नेछ ।

गिँजाको समस्याले गर्दा हुने दुखाइको क्लिनिकल (Clinical) उपचारः
दुई दाँतको बिचमा दन्त धागो (Dental Floss) को माध्यमद्धारा सफा गर्नुहोस् ।

4 dental
बुद्धिबँगराको दुखाई Wisdom Tooth Pain
बुद्धिबंगरा दाँत पलाएको छ या छैन जाँच गर्नुहोस् ।

5 dental

बुद्धिबंगरा दुखाईको घरेलु उपचार:
यदि गिँजाले दाँतलाई आधा वा कम मात्रामा छोपेको (Covering) भए त्यहाँ खानेकुरा फस्न सक्छ, जसको लागि तलका विधि/प्रक्रिया अपनाउनुहोला ।
खाना फसेको वरिपरि दाँतको सिन्को (Tooth Pick) अथवा नरम ब्रसले सफा गर्नुहोस् ।
नुनपानीले कुल्ला गर्नुहोस् जसमा आधा चिया चम्चा नुन एक गिलास मनतातो पानीमा मिलाई कुल्ला गर्नुहोस् ।
दाँत र गिँजाको वरिपरि Glycerine (तेतबाट बनाइएको एक तरल पदार्थ) लगाउन सक्नुहुन्छ र Glycerine ले दुखेको वरिपरि मालिस गर्न सक्नुहुनेछ । Glycerine नभए तोेरीको तेल र बेसारलाई मिलाई मालिस गर्न सक्नुहुनेछ ।

बुद्धिबंगरा दुखाइको क्लिनिकल (Clinical) उपचारः
यदि बुद्धिबंगराको वरिपरि सुन्निएको र तपाईंले मुख खोल्न सक्नु भएन भने अनिवार्य डेन्टिष्टसँग परामर्श लिनु पर्दछ । धेरै मात्रामा बुद्धिबंगरा आउँदा ढल्केर आउने गर्दछ ।
दुखेको भागको बाहिर पट्टिबाट तातोले नसेकाउनु होला ।

लेखक निमा गेल्बु शेर्पा (डेन्टल हाईजेनिष्ट) ह्याप्पीडेण्ट डेन्टलका सञ्चालक एवम् Save the Teeth Campaign Nepal मा आबद्ध रहेका छन् ।

You may also Like this

थप समाचार

विजयी पछि प्रचण्डले पार्टी एकता बारे यसो भने !
विजयी पछि प्रचण्डले पार्टी एकता बारे यसो भने !

चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्न ...

चितवन ३ बाट प्रचण्ड विजयी
चितवन ३ बाट प्रचण्ड विजयी

चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका ...

विजयी र्यालीबाट फर्कदा ज्यान गयो
विजयी र्यालीबाट फर्कदा ज्यान गयो

नुवाकोट । नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको म ...

उदयपुरमा नारायण खड्का झिनो मतले अगाडि
उदयपुरमा नारायण खड्का झिनो मतले अगाडि

उदयपुर क्षेत्र नम्बर १ मा फेरि नेपाली कांग्रेसका नारायण खड्काले अग्रता लिएका छन् । यसअघिको परिणामसम्म ७३ मतले अघि रहेकी एमाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...