डेब्यु फिल्ममा यस्ता थिए बलिउडका स्टारहरु

२०७४ बैशाख ६ गते ०१:२२ मा प्रकाशित


सलमान खानः डेब्यु- बीबी हो तो ऐसी (१९८८)

salman-768x659
सलमान खानबाट सुरु गरौं । हुन त उनी सालिम खानका छोरा हुन्, जसले आफ्नो जमानामा ‘नेम र फेम’ पाएका थिए । ब्लकबस्टर ‘शोले’ जस्ता फिल्मका सह(लेखन गरेका सालिम त्यस बखतका नामी स्क्रिप्ट राइटर हुन् । सलमान, उनै सालिमका छोरो । यद्यपी सलमानको पर्सनालिटी अहिले जति बोल्ड र ड्यासिङ देखिन्छ, सुरुवाती चरणमा त्यस्तो थिएन ।

उनी अलि ख्याउटे देखिन्थे, फिल्म ‘मैने प्यार किया’सम्म पनि । यहि फिल्मबाट उनले सफलताको ग्राफ उक्लिएका हुन् । सलमानले डेब्यु गरेको फिल्म चाहि, 

प्रियंका चोपडाः डेब्यु-थामीझान (२००२ मा रिलिज)

priyanka-768x842
विश्व सुन्दरीको शीर्ष उपाधि जितिसकेकी अभिनेत्री प्रियंका चोपडाको बोल्ड लुक्सले जो कोहिलाई लोभ्याउँछ । उनको अभिनय पनि उत्तिकै दमदार छ । आवाज उत्तिकै सुरिलो छ । प्रियंकाले बलिउडदेखि हलिउडसम्मको यात्रा तय गरेकी छिन् । यी अभिनेत्रीको करियर चाहि तमिल फिल्मबाट सुरु भएको हो । फिल्म ‘थामीझान’बाट उनी रंगीन दुनियाँमा प्रवेश गरेकी थिइन् । यो फिल्म २००२ को अप्रिलमा सार्बजनिक भयो ।

आमिर खानः डेब्यु- कयामत से कयामत तक (१९८८)

aamir-khan-768x741
आमिर खान ‘फिल्मी पृष्टभूमी’बाटै आएका हुन् । उनका पिता ताहिर हुसेन फिल्म निर्माता र निर्देशक हुन् । काका नासिर हुसेन पनि फिल्म निर्देशक । तिनै नासिरको फिल्म ‘योदो की बारात’मा आमिरले बाल कलाकारको भूमिका खेलेका थिए । ‘कयामत से कयामत तक’सम्म आइपुग्दा उनले दुई वटा फिल्म खेलिसकेका थिए, तर बाल भूमिकामा । ब्लकबस्टर फिल्म कयामत से कयामत तकबाट आमिर हिरो बने ।

दीपिका पादुकोणः डेब्यु- ऐश्वर्य (२००६)

deepika-2-768x512
मोडलिङ हुँदै बलिउड प्रवेश गरेकी दीपिका पादुकोणले हलिउडसम्मको यात्रा तय गरिसकेकी छिन् । सुरुवाती दिनमा उनले बिभिन्न कम्पनीका लागि मोडलिङ गरिन् । २००६ मा किंगफिसर स्विमसूट क्यालेन्डरका लागि पनि उनले फोटो खिचाइन् । त्यसपछि उनी हिमेश रेशमियाको एल्बमका लागि एउटा गीतमा कम्मर मर्काइन् । करियरको प्रवेश विन्दु भने, कन्नड फिल्मबाट भयो । फिल्मको नाम थियो, ऐश्वर्य ।

शाहरुख खानः डेब्यु- दीवाना (१९९२)

shaharukh-khan-768x493

एकताका विश्वकै सर्वाधिक धनी अभिनेताको सूचीमा दोस्रो नम्बरमा थिए, शाहरुख खान । फिल्मका साथै विज्ञापनबाट मनग्ये आर्जन गर्ने शाहरुख सामन्य परिवारबाट उदाएका हुन् । उनको पिता ताज मोहम्मद खान एक स्वतन्त्रता सेनानी थिए । आमा लतीफा फातिमा मेजर जनरल शाहनवाज खानकी छोरी थिइन् ।

सलमानले आफ्नो करियर टेलिभिजन धारावाहिकबाट सुरु गरे । पछि उनले ‘दीवाना’बाट बलिउड प्रवेश गरे । यो फिल्म बक्स अफिसमा निकै सफल रह्यो ।

You may also Like this

थप समाचार

डेब्यु फिल्ममा यस्ता थिए बलिउडका स्टारहरु
डेब्यु फिल्ममा यस्ता थिए बलिउडका स्टारहरु

सलमान खानः डेब्यु- बीबी हो तो ऐसी (१९८८) सलमान खानबाट सुरु गरौं । हुन त उनी सालिम खानका छोरा हुन्, जसले आफ्नो जमानामा &l ...

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका लागि पहल गरिदिन राष्ट्रपतिलाई राप्रपाको आग्रह

२४ पुस,काठमाडौं । सत्तारुढ तेस्रो दल राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस घोषणाका लागि पहल गरिदिन राष्ट्रपति समक्ष आग् ...

हावाबाट बिजुली, पाइपबाट ग्यास, उपत्यकाभरि रेल, पानीजहाजमार्फत सामान : ओली प्रतिज्ञा
हावाबाट बिजुली, पाइपबाट ग्यास, उपत्यकाभरि रेल, पानीजहाजमार्फत सामान : ओली प्रतिज्ञा

- अब हावाबाट बिजुली निकालिन्छ र, एक वर्षभित्र घरघरमा उज्यालो ल्याइन्छ।    देशमा बढ्दै गएको लोडसेडिङलाई व्यवस्थापन ग ...

कुन देशका पुरुषको लिंगको आकार कति ?
कुन देशका पुरुषको लिंगको आकार कति ?

पुरुषको लिंगलाई लिएर विभित्र देशमा अध्ययन तथा अनुसन्धान भैरहेका हुन्छन् । लिंगको आकार र प्रकारको विषयमा पनि विशेष चासो राखेको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...


धर्मराज रिमाल यसपाली फेरी आउछौ रे दाजैहाम्रो भेट हुन्छ रे दाजैगाउँघरमा यस्तै कुरा चल्छन आजभोलि तिमी आउछौ रे, ठुलो बाजागाजा सहितधेरै जन्ती अनी हसिलोअनुहार सहितहात जोड्दै बाआमालाई भेट्छौ रेसन्चो बिसन्चो सोध्छौ र ...