विश्वकै धनी व्यक्ति बिल गेट्सले दान गरे ४ अर्ब ६ करोड डलर !

२०७४ साउन ३२ गते १५:४२ मा प्रकाशित


bill-gatesअमेरिका, साउन ३२ । विश्वकै धनी व्यक्ति बिल गेट्सले ४ अर्ब ६ करोड अमेरिकी डलर बराबर सम्पत्ति दान गरेका छन्। गेट्सले आफ्नो कुल सम्पत्तिको ५ प्रतिशत बराबर माइक्रोसफ्टको ६ करोड ४० लाख सेयर दान गरेका हुन्। यसको मूल्य ४ अर्ब ६ करोड अमेरिकी डलर हुन्छ।

यही वर्ष जुन ६ मा उनले यो दान गरेको अमेरिकी सेक्यूरिटिज एण्ड एक्सचेन्ज कमिशनले सोमबार विज्ञप्ति जारी गरी जानकारी दिएको द गार्डियनमा उल्लेख छ।

गेट्सले यो दान कसलाई गरे भन्ने आधिकारिक जानकारी छैन। यो रकम गेट्स दम्पतीले सन् २००० मा स्थापना गरेको बिल एण्ड मेलिन्डा फाउन्डेसनमा गएको अनुमान छ।

परोपकारी काम तथा सहयोग गर्दै आएको फाउन्डेसन स्थापनापछि गरेको यो सबैभन्दा ठूलो दान हो। यसअघि उनले सन् १९९९ मा १६ अर्ब डलर र अर्को वर्ष ५ अर्ब १ करोड डलर दान गरेका थिए।

सन् १९९४ यता उनीहरुले ३५ अर्ब डलर दान गरिसकेका छन्। हाल बिल एण्ड मेलिन्डा फाउन्डेसन व्यक्तिगत स्वामित्वमा रहेको विश्वकै धनी सहयोगी संस्था हो।

You may also Like this

थप समाचार

महानगरपालिकाले २५ करोड खर्चिएर खाल्डा पुर्ने
महानगरपालिकाले २५ करोड खर्चिएर खाल्डा पुर्ने

काठमाडौं, कात्तिक २० । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने भएको ...

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...