तराईमा कांग्रेस कमजोर छैन, नेतृत्वले टिकट दिँदा विवेक नपुर्याउदा हार ब्यहोर्नु पर्छः कोषाध्यक्ष चौधरी (भिडियो)

२०७४ कार्त्तिक १६ गते २३:२२ मा प्रकाशित


chudhari shiba narayan_1

काठमाडौँ । देश निर्वाचनमा होमिएको छ । एकातर्फ नेकपा एमाले र माओवादी केन्द्रको गठवन्धनले नयाँ तरङ्ग श्रृजना गरेको छ भने आफुलाई लोकतान्त्रिक सक्ति भन्ने नेपाली कांग्रेस पनि विभिन्न दलसंग सहकार्यमा चुनाबमा होमि रहेको छ । यसै पेरिफेरीमा तराईका विभिन्न समस्या तथा नेपालीकांग्रेसको अवस्थाका विषयमा नेपाली कांग्रेसमा चार दशक भन्दा बढी त्रियाशिल भइरहेका नेता एवं पुर्व महाधिवेशन प्रतिनिधि तथा पुर्व–सप्तरी क्षेत्र नम्वर ४ का क्षेत्रीय सभापती, बर्तमान सप्तरी जिल्ला कोषाध्यक्ष शिव नारायण चौधरीसंग केटिएम खबरका लागि रवि भट्टराईले विशेष सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः
यहालाई स्वागत छ ।
धन्यवाद ।
के मा ब्यस्त हुनुन्छ ?
अहिले हामीहरु टिकटको लागि ब्यस्त भएका छौँ । म सप्तरी क्षेत्र नम्वर ३ मा क्षेत्र तथा जिल्लाबाट प्रतिनिधि सभाको लागी शिफारिस भएको छु । टिकट आफ्नो पक्षमा पार्नको आगि कसरत गर्दै छु । टिकट राम्रो मान्छेलाई पार्टी नेतृत्वले दियो भने हामी चुनाब जित्छौ । त्यसमा कुनै शंखा छैन ।
तराईमा तपाईको पार्टीको अबस्था कस्तो छ ?
एकदम राम्रो छ । पार्टीका केन्द्रीय नेताहरुले टिकट दिने क्रममा रियालिटी बुझेर हाम्रो भन्दा राम्रोलाई प्राथमिकता दियो भने कांग्रेस पार्टीको पोजिसन राम्रो छ । हाम्रो जिल्ला कांग्रेसको संस्थापक नेता भएको जिल्ला पनि हो । हाम्रो पोजिसन राम्रो छ ।
तपाईको पार्टीका केन्द्रिय नेताहरुले राम्रोलाई भन्दा हाम्रोलाई च्याप्ने प्रवृति भएको कारण पनि चुनावमा हार ब्यहोर्नु पर्छ भन्ने सुनिन्छ नि ?
हाम्रो पार्टीमा कार्यकर्ताको कमी छैन । धेरै योगदान दिने खुन पसिना बगाएका कार्यकर्ताहरु हुनुहुन्छ । तर मुल्यांकन गरेरै टिकट पार्टीले बाड्छ भन्नेमा विश्वास छ । स्थानिय निकायको चुनाव भयो त्यसमा पनि मिलाएरै टिकट वितरण भएको थियो र मान्छे हो कही कतै धेरै थोर आफ्नो प्रभावमा पार्न नेताहरुले खोज्नु हुन्छ । स्वभाविक नै हो । तर स्पष्ट म भन्छु, टिकट दिँदा पार्टी नेतृत्वले ध्यान दिएर टिकट बाड्यो भने बामपन्थी प्रतिस्पर्धामा नै आउदैनन ।
पार्टी भित्र खेमा छ भनिन्छ नी कोही रामचन्द्र खेमा, कोही शेर बहादुर खेमा, यो सत्य हो ?
राजनीतिमा यस्तो हुन्छ । फेरी ज्युदो पार्टीमा यस्तो हुन्छ तर यसले त्यस्तो धेरै अर्थ राख्दैन जस्तो लाग्छ ।
तराईमा नागरिकताको समस्या छ, सवैले नागरिकता पाउदैनन भनिन्छ नी ?
यस्तो धेरै जटिल रुपमा लिनु पर्ने समस्या हैन यो । तर के छ भने हाम्रो तराईमा हिन्दुस्थानसंग बिबाह हुने र उताबाट बिबाह भएर आएकाहरुलाई नागरिकता लिन धेरै समय कुर्नु पर्ने समस्या चाहीँ छ तर तपाईको आशय अनुसार त्यस्तो धेरै समस्या भने हैन । यसलाई बढाई चढाई गरेर विभिन्न आफुलाई मधेशी दल भन्नेहरुले उचाल्नु भएको छ ।
तराईमा बाम गठबन्धनको प्रभाब कस्तो छ ?
तराईमा अझ भनौ, सप्तरीमा वाम गठबन्धनको प्रभाव छैन । म ठोकुवा गर्छु, टिकट मिलाएर दिएको खण्डमा दुई नम्वर प्रदेशमा कांग्रेस पहिलो बन्छ ।
राजपा र फोरमसंग तालमेल नगर्दा तपाइको पार्टीलाई फाईदा हुन्छ या गर्दा फाईदा हुन्छ ?
एलाईन्स नगर्दा पनि हामी जित्न सक्छौ तर एलाईन्स भयो भने झन राम्रो हो । एलाईन्स भएर चुनाबमा जाने हो भने सबै सिट हाम्रो पक्षमा आउने छ । मैले भनी सके तराईमा कांग्रेस कमजोर छैन । तर नेतृत्वले त्याग बलिदान र मिलाएर समावेशी हिसाबमा टिकट वितरण गर्नु पर्छ ।
अन्त्यमा के भन्नु हुन्छ ?
अत्यमा म नेपाली कांग्रेसको राजनीतिमा खुन पसिन बगाएको मान्छे हु । राष्ट्रियता, लोकतन्त्र र समाजवादका खातिर म ३६ सालदेखी सक्रिय राजनीतिमा छु र त्यो विचमा बिभिन्न आन्दोलनमा जेल–नेल थुना ब्यहोरे र नै जनताको सेवाका खात्तिर हिडेको छु । तराईका यावत समस्याका विषयमा लड्ने र हरेक समस्याहरु शिक्षा, स्वस्थ्य, सिचाई जस्ता कुराहरुलाई निराकरण गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।
समय र सम्वादका लागी धन्यवाद ।
तपाईहरुलाई पनि धन्यवाद छ ।

शिव नारायण चौधरीसंगको भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...