दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार

२०७४ कार्त्तिक ९ गते २०:४० मा प्रकाशित


Nepali-congress-6

काठमाडौँ । मंसिर २१ गते हुने दोस्रो चरणमा हुने चुनावको लागि नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ १ सय २८ क्षेत्रमध्ये १९ क्षेत्रको उम्मेदवारहरुको टिकट टुंगो लगाएको छ ।
बिहीबार बसेको कांग्रेस संसदीय समितिको बैठकले शीर्ष नेताहरु सहित १९ जनाको चुनाव क्षेत्र टुंगो लगाएको हो । बैठकले पार्टी सभापति शेरबहादुर देउवा डडेल्धुराबाट, रामचन्द्र पौडेल तनहुँ १ बाट, विमलेन्द्र निधि धनुषा ३ बाट उठ्ने निर्णय गरेको छ ।
यस्तै प्रकाशमान सिंह काठमाडौं १ बाट, गगन थापा काठमाडौं ४ बाट र प्रकाशशरण महतलाई काठमाडौं ५ बाट उठाउने निर्णय गरेको छ । मिनेन्द्र रिजाल मोरङ २, महेश आचार्य मोरङ ४ र शेखर कोइराला मोरङ ६ नम्बर क्षेत्रबाट चुनाव लड्ने भएका छन्।
यस्तै ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, गोपालमान श्रेष्ठ स्याङ्जा २, एनपी साउद कञ्चनपुर २, रमेश लेखक कञ्चनपुर ३, अर्जुनप्रसाद जोशी पर्वत, नारायण खड्का उदयपुर १, नारायणबहादुर कार्की उदयपुर २, फरमुल्लाह मन्सुर बारा ३, तीर्थ लामा काभ्रे १ बाट र रमेश रिजाललाई पर्साको कुनै क्षेत्रबाट उठाउने निर्णय गरिएको बताइएको छ ।

You may also Like this

थप समाचार

सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?
सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?

गाउँका मतदाता र सहरी मतदाताको मनोविज्ञान अलग हुन्छ । उनीहरू प्रभावित बन्ने मानक बिल्कुल भिन्न हुन्छ । गाउँका मतदात ...

पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने
पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने

हुप्रतीक्षित रक्सौल अमलेखगञ्ज पेट्रोल पाइपलाईन परियोजना निर्माण कार्य अर्को महिनादेखि सुरु हुने भएको छ। भारतबाट पेट्रोलियम पद ...

दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार
दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार

काठमाडौँ । मंसिर २१ गते हुने दोस्रो चरणमा हुने चुनावको लागि नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ १ सय २८ क्षेत्रमध्ये १९ क्षेत ...

कुन पार्टीले कहाँ, कति सिट जिते ?
कुन पार्टीले कहाँ, कति सिट जिते ?

५ असोज, काठमाडौं । प्रदेश नं. २ स्थानिय चुुृुनावको नतिजा आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म १३६ मध्ये अहिलेसम्म २१ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...