गाउँमा मतदाता शिक्षाको अभाव, थुप्रै मतदातामा अन्यौलता

२०७४ बैशाख २७ गते १०:१९ मा प्रकाशित


Election-Nepal_1२७ वैशाख, काठमाडौं । भेरीगंगा नगरपालिका–६, घारीबनकी तुलसी खत्रीलाई भेट्ने जतिले आ–आफ्नो चुनाव चिह्नमा भोट हाल्न आग्रह गरे । तर, कसैले पनि बदर नहुने गरी मतपेटिकामा मतपत्र खसाल्ने भनेर सिकाएनन् । ‘सबै आउँछन् माइकिङ गर्छन्, जान्छन्’, उनले भनिन्, ‘अहिलेसम्म कसैले पनि भोट हाल्ने तरिका सिकाएनन् ।’

तुलसी खत्रीजस्तालाई भोट हाल्ने तरिका सिकाउनुपर्ने जिम्मेवारी निर्वाचन आयोगबाट मतदाता शिक्षा स्वयंसेवकको हो । तर, उनीहरु निस्क्रिय भइदिँदा थुप्रै मतदाता अन्यौलतामा छन् । निर्वाचन आयोगले प्रशिक्षण दिएर प्रत्येक मतदान केन्द्रमा खटाएका स्वयंसेवकहरु आफ्नो मुख्य जिम्मेवारी छाडेर चुनावी रमझममै भुलेका छन् । कतिपय स्वयंसेवक त बीचमै जिम्मेवारी छाडेर उम्मेदवार बनेका छन् ।


६ नम्बर प्रदेशका ७९ स्थानीय तहको लागि आयोगले एक हजार २ सय २६ स्वयंसेवक भर्ना गरेको छ । वैशाख पहिलो सताबाट खटिएका उनीहरुको लागि जनही करिब १५ हजारको दरले एक करोड ८४ लाख रुपैयाँ खर्च गरिएको छ । गाउँमा भने यिनीहरुको चहलपहल देखिँदैन । नागरिक दैनिकमा कलेन्द्र सेजुवालले सुर्खेतबाट यो खबर लेखेका छन् ।

You may also Like this

थप समाचार

नेफद्धारा टोखा नगरपालिकाका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान समारोह (फोटोफिचर)
नेफद्धारा टोखा नगरपालिकाका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान समारोह (फोटोफिचर)

काठमाडौँ । उत्तर भेगीय शैक्षिक मञ्च (नेफ) ले टोखा नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडाअध्यक्ष तथा वडा सदस्यहरुलाई बधाई त ...

ओलीले प्रचण्डलाई भनेः कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर पुनः मतदान हुने सपना नदेख्नुस्
ओलीले प्रचण्डलाई भनेः कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर पुनः मतदान हुने सपना नदेख्नुस्

काठमाडौं, जेठ १५ - एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भरतपुरमा पुन मतदानाको स ...

एमालेको अडानका कारण संसदमा बजेट प्रस्तुत हुन ढिला
एमालेको अडानका कारण संसदमा बजेट प्रस्तुत हुन ढिला

जेठ १५ । प्रधानन्यायाधीश सुशीला कार्कीबिरूद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएपछि मात्रै बजेट प्रस्तुत गर्न दिने प्रमुख प्रतिप ...

भरतपुरमा पुनः मतदान एमालेलाई अस्वीकार्यः ओली
भरतपुरमा पुनः मतदान एमालेलाई अस्वीकार्यः ओली

१५ जेठ, काठमाडौैं । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको छ । एमाले अध्यक्ष ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...