चुनावमा सोचेजस्तो भएनः काँग्रेस

२०७४ जेष्ठ ४ गते १२:१० मा प्रकाशित


Nepa;i-congress४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय चुनावमा परिणाम आफ्नो पक्षमा पार्न प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको छ । पहिलो चरणको चुनावमा अपेक्षा गरिएजस्तो परिणाम नआएको कांग्रेसले निष्कर्ष निकालेको छ ।

चुनावको समीक्षा गर्दै आगामी रणनीति तय गर्न बिहीबार बिहान कांग्रेस पदाधिकारीको बैठक बसेको थियो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि महामन्त्री डा. शशांक कोइरालाले भने, ‘अहिलेको परिणामको समीक्षा गर्‍यौं र दोस्रो चरणको चुनावमा अलि प्रभावकारी ढंगले हामीले प्रस्तुत हुनुपर्छ भन्ने कुराहरु भयो ।’


कोइरालाले पत्रकारहरुसँग भने, ‘अहिले मिश्रति चुनावी नतिजा छ । कति ठाउँमा एमालेले जितेको छ, कति ठाउँमा नेपाली कांग्रेसले जितेको छ । जति हामीले सोचेका थियौं, त्यति राम्रो भा’को छैन जस्तो देखिन्छ । यद्यपि अन्तिम परिणाम आउन बाँकी छ ।’

महामन्त्री कोइरालाका अनुसार संविधान संशोधन गर्ने र आगामी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ । पूर्वसहमति अनुसार माओवादी अध्यक्ष प्रचण्डले अब कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने कोइरालाले जानकारी दिए ।

You may also Like this

थप समाचार

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

सहारा फाउण्डेशनद्धारा स्नेही काखलाई नगद सहित लत्ता–कपडा हस्तान्तरण
सहारा फाउण्डेशनद्धारा स्नेही काखलाई नगद सहित लत्ता–कपडा हस्तान्तरण

काठमाडौँ । सामाजिक गविविधिलाई समेट्ने उद्देश्य सहित सञ्चालित सहारा फाउण्डेशनले शनिबार ललितपुरमा रहेको स्नेही काखलाई नगद सहित ...

बीपीको विचार, गणेशमानको त्याग र किसुनजीको निष्ठाको राजनीति कांग्रेसले बिर्सन हुँदैनः कांग्रेस युवा नेता श्रीराम लामिछाने
बीपीको विचार, गणेशमानको त्याग र किसुनजीको निष्ठाको राजनीति कांग्रेसले बिर्सन हुँदैनः कांग्रेस युवा नेता श्रीराम लामिछाने

काठमाडौँ । पछिल्लो चुनाबी परिणामसंगै देशब्यापी रुपमा नेपाली कांग्रेस पछाडि परेको छ । दुई पार्टी नेकपा एमाले र माओवादी केन्द् ...

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभा अध्यादेश प्रमाणिकरण
राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभा अध्यादेश प्रमाणिकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर दे ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...