देशभरिका ४ महानगरमा ३ हजार २९ उम्मेदवारहरु चुनावी मैदानमा

२०७४ बैशाख २२ गते १३:०० मा प्रकाशित


chunab२२ बैशाख, काठमाडौं । देशभरिका ४ वटा महानगरपालिकाका करिब ८ सय सीटका लागि ३ हजार २९ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

प्रत्येक महानगरमा मेयरका लागि एक दर्जनभन्दा बढी उम्मेदवारहरु मैदानमा छन् ।

देशको राजधानी रहेको काठमाडौं महानगरपालिकामा मेयर पदको दाबी गर्दै २८ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरमा १३ जनाको उम्मेदवारी परेको छ ।

काठमाडौं महानगरपालिकामा १६२ जना प्रतिनिधि छनौट गर्नुपर्नेछ । यसका लागि ८८७ जनाको उम्मेदवारी परेकोमा ९ जनाले फिर्ता लिएपछि अब ८७८ उम्मेदवार मैदानमा छन् ।

ललितपुर महानगरपालिकामा कुल ६३८ जनाको उम्मेदवारी परेकोमा १५ जनाले फिर्ता लिएपछि अब ६२३ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

त्यसमध्ये मेयरका लागि १६ जना उम्मेदवार छन् । उपमेयरका लागि ११ जनावीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै चितवनको भरतपुर महानगरपालिकामा कुल ७०० जनाको उम्मेदवारी परेकोमा १५ जनाले फिर्ता लिएका छन् । तीमध्ये कांग्रेसका मेयर र माओवादी केन्द्रका एकरएकजनाले फिर्ता लिएका छन् । बाँकी फिर्ता लिनेहरु १३ जना सदस्यका दाबेदार हुन् ।

भरतपुर महानगरमा १४ जनावीच मेयरमा प्रतिस्पर्धा हुँदैछ । उपमेयरमा ११ जनावीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै पोखरा महानगरपालिकामा कुल ८६५ जनाले उम्मेदवारी दिएकोमा २२ जनाले फिर्ता लिएका छन् । उम्मेदवार फिर्ता लिनेमध्ये एकजना माओवादीका उम्मेदवार विश्वप्रकाश लामिछाने हुन् भने अरु २१ जना वडा सदस्यहरु छन् । अब पोखरामा ८४३ उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

 

You may also Like this

थप समाचार

कप्तान सन्दिपको ७ विकेट मद्दतमा नेपालले मलेसियालाई हरायो
कप्तान सन्दिपको ७ विकेट मद्दतमा नेपालले मलेसियालाई हरायो

९ साउन, काठमाडौं । सिंगापुरमा जारी १९ वर्ष मुनिको आइसीसी विश्वकपको एसियाली छनौट प्रतियोगितामा नेपालीले मलेसियालाई पराजित गरेक ...

प्रचण्डको दवावले तातिदै प्रधानमन्त्री देउवा...
प्रचण्डको दवावले तातिदै प्रधानमन्त्री देउवा...

९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । उनले सकेसम्म आजै र नभए भोलीसम ...

राष्ट्रपति एर्डोगान खाडी मुलुकको भ्रमणमा...
राष्ट्रपति एर्डोगान खाडी मुलुकको भ्रमणमा...

९ साउन, साउदी अरब । कतार संकट समाधानको पहलका लागि भन्दै टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले आइतबार खाडी मुलुकहरूको भ्रमण ...

भरतपुर महानगरको मतगणनाको आजको बहस सकियो, के भयो निर्णय ?
भरतपुर महानगरको मतगणनाको आजको बहस सकियो, के भयो निर्णय ?

काठमाडौं, असार ८ । विवादास्पद भरतपुर–१९ को मतगणना सम्बन्धी मुद्दाको विषयमा सर्वोच्च अदालतमा आजको बहस सकिएको छ । हेर्दा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...