चुनावका लागि २८ हजार बाहिरिए, करिब १ लाखले काठमाडौं छाड्ने

२०७४ बैशाख २९ गते ०८:२२ मा प्रकाशित


२९ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै छ । २१ वैशाखदेखि नै उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

आठ दिनमा उपत्यकाबाट करिब २८ हजार बाहिरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार अरू दिनमा उपत्यकामा बाहिरिने र भित्रिनेको संख्या ५० देखि सयजनाको मात्र फरक हुने गरेकोमा २१ वैशाखदेखि भने यसमा फरक आएको छ ।


ट्राफिक प्रहरी महाशाखाले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा करिब एक लाख मानिस बाहिरिने अनुमान गरेको छ । २१ वैशाखमा २२६२, २२ गते १९६४, २३ गते १२९७, २४ गते १३४०, २५ गते २४२५, २६ गते ३१९६, २७ गते ५२०० र २८ वैशाखमा पाँच हजारभन्दा बढीको हाराहारीमा उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरी महाशाखाका डिआइजी लामाले बताए ।

शुक्रबार र शनिबार राजधानीबाट बाहिरिनेको संख्या बढ्ने महाशाखाले जनाएको छ । दुई दिनमा ५० हजारभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने अनुमान रहेको लामाले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

You may also Like this

थप समाचार

मेलम्चीको पानी आउन ६ महिना लाग्ने
मेलम्चीको पानी आउन ६ महिना लाग्ने

काठमाडौंवासीले वर्षौंदेखि प्रतिक्षा गरिरहेको मेलम्ची यस वर्ष असोजमा आउने भनिएको थियो। सुरूङ खन्ने काम अन्तिम चरणमा पुगे पनि ...

सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?
सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?

गाउँका मतदाता र सहरी मतदाताको मनोविज्ञान अलग हुन्छ । उनीहरू प्रभावित बन्ने मानक बिल्कुल भिन्न हुन्छ । गाउँका मतदात ...

पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने
पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने

हुप्रतीक्षित रक्सौल अमलेखगञ्ज पेट्रोल पाइपलाईन परियोजना निर्माण कार्य अर्को महिनादेखि सुरु हुने भएको छ। भारतबाट पेट्रोलियम पद ...

दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार
दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार

काठमाडौँ । मंसिर २१ गते हुने दोस्रो चरणमा हुने चुनावको लागि नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ १ सय २८ क्षेत्रमध्ये १९ क्षेत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...