प्रचार सामाग्री छाप्न भ्याईनभ्याई, एउटै उम्मेद्वारले छापे दुई लाखको टिसर्ट

२०७४ बैशाख २७ गते १७:०७ मा प्रकाशित


tshirtवैशाख २७ । वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा प्रचार प्रसार सामाग्री तयार पार्नका लागि यतिबेला नेपालगन्जका गारमेन्ट उद्योग र प्रेस सञ्चालकलाई भ्याईनभ्याई भएको छ । पहिलोचरणमा चुनाव हुन लागेका ६ नम्बर प्रदेशका अधिकांश जिल्लाका उम्मेद्वारको प्रचार सामाग्री छाप्न भ्याई नभ्याई भएको हो ।

राजनीतिक दलको चुनाव चिन्ह अंकित टिसर्ट, टोपी, नमुना मतपत्र, स्वस्तिक छापदेखि अन्य प्रचार सामाग्री बनाउने कामले फुर्सद नभएको नेपालगन्जको घरबारी टोलीका एभरेष्ट प्रिन्टर्सका सञ्चालक बहाब खानले जानकारी दिनुभयो ।

यसैगरी उम्मेद्वार र राजनीतिक दलले व्यक्तिगत र पार्टीगत प्रचारात्मक सामाग्री छपाएर लैजाने गरेका छन् । उम्मेद्वारी मनोनयनको काम सुरु भएपछि ६ नम्बर प्रदेशमा चुनावका लागि प्रचार सामाग्री जान सुरु भएको प्रेस सञ्चालकहरुले जनाएका छन् । नेपालगन्जमा रहेका गारमेन्ट उद्योग र पसलमा टिसर्टको समेत अभाव भएको छ ।

सुरुका दिनमा तत्कालै चुनाव चिन्ह अंकित टिसर्ट पाइने गरेकोमा चुनाव नजिकिदै गरेपछि २–४ दिनसम्म पर्खेर पनि चुनावको प्रचार सामाग्री पहाडी र हिमाली जिल्लामा पठाइएको व्यवसायीहरुले जनाएका छन् ।

एउटै उम्मेद्वारले झण्डै दुईलाख रुपैयाँसम्मको टिसर्टहरु छपाएर लगेको प्रेस सञ्चालकहरुले जनाएका छन् ।

You may also Like this

थप समाचार

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न
पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेस ...

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...