उपत्यकामा अझै चिसो बढ्ने

२०७४ पुस १ गते २२:३० मा प्रकाशित


काठमाडौं । काठमाडौँ सहित देशभर चिसो बढेको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो ।

तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले बताए । जाडो याममा चिसो बढ्नु नौलो कुरो होइन तर यसमा उच्चचापीय क्षेत्रको केही प्रभाव पनि देखिएकाले तुलनात्मक रुपमा तापक्रम घटेको र तुसारो परेको छ, उनले भने ।

मौसमविद् अर्यालको भनाइमा अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । गएराति काठमाडौँको तापक्रम माइनसमा झरेको थियो । शनिबार यो वर्षकै बढी चिसो भएको महाशाखाको भनाइ छ ।

दुई दिनदेखि चिसो बढेपछि उपत्यकासहित देशभर यसको प्रभाव सर्वसाधारणमा परेको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिक सजक हुनुपर्ने विशेषज्ञले औंल्याएका छन् ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम २ दशमलब ८ र अधिकतम २१ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा माइनस चार र सबैभन्दा बढी दिपायलमा २५ डिग्री सेल्सियस रहेको छ ।

You may also Like this

थप समाचार

गुह्येश्वरीले गर्यो एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान (भिडियो)
गुह्येश्वरीले गर्यो एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान (भिडियो)

काठमाडौँ । बासबारी पिपलबोटमा रहेको गुह्यश्वरी बोर्डिङ्ग हाई स्कुलले बुधबार एसईईमा उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । स ...

ग्रिनफिल्ड नेशनल स्कुलकी छात्रा अनिशा कुमारी भलानले ल्याइन ४.० जिपिए
ग्रिनफिल्ड नेशनल स्कुलकी छात्रा अनिशा कुमारी भलानले ल्याइन ४.० जिपिए

काठमाडौँ । बाफलमा रहेको ग्रिनफिल्ड नेशनल एकेडेमीकी छात्रा अनिशा कुमारी भलानले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा ४.० जिपिए ल् ...

यस्तो रह्यो साम्तेनको ‘न्युज मास्टर’ प्रतियोगिता
यस्तो रह्यो साम्तेनको ‘न्युज मास्टर’ प्रतियोगिता

काठमाडौँ । कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले न्यूज मास्टर २०७५ लाई यहि शुक्रबार स्कुल कै प्रांगणमा सम्पन्न गरेक ...

यस्तो रह्यो जगत मन्दिरको संयोजनमा श्रोत केन्द्र स्तरिय ‘लोक कथा प्रस्तुतिकरण प्रतियोगिता’ (भिडियो)
यस्तो रह्यो जगत मन्दिरको संयोजनमा श्रोत केन्द्र स्तरिय ‘लोक कथा प्रस्तुतिकरण प्रतियोगिता’ (भिडियो)

काठमाडौँ । पशुपति मित्र मा.वी. श्रोत केन्द्रको आयोजना तथा चाबहिलमा रहेको जगत मन्दिर माध्यमिक विद्यालयको संयोजनमा ‘लोक क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...