डिप्रेसन के हो ? र कसरि बच्ने ?

२०७४ जेष्ठ ४ गते १४:१८ मा प्रकाशित


downloadहामीलाई कुनै न कुनै रुपमा चिन्ताले घेरेको हुन्छ । कोहिपनि यस्ता हुँदैनन्, जो पूर्णत चिन्तामुक्त होस् । यद्यपी चिन्ता भएर पनि त्यसलाई व्यवस्थापन गर्ने कला भने मानिसमा हुनसक्छ । त्यही कारण जतिसुकै चिन्ता भएपनि त्यसको कुनै असर देखिदैन ।

नेपाली समाजमा उखानै छ, चिन्ताले चितामा पुर्‍याउँछ । यो एक किसिमको मानसिक विकार हो । अर्थात चिन्ता कुनैपनि समस्याको समाधान होइन । बरु, समस्या चाहि हो । चिन्ताले मानिसलाई डिप्रेसनमा पार्न सक्छ । यो एउटा जटिल मानसिक समस्या हो, जसबाट सामन्य अवस्थामा र्फकन गाह्रो हुन्छ । अहिले डिप्रेसनको रोगी प्रतिदिन बढ्दो रहेको मनोविज्ञ करुणा कुँवरको भनाई छ । र, यसले निकै गंभिर अवस्था समेत निम्त्याउने गरेको छ । त्यसैले आफु मात्र होइन, आफ्ना परिवारका कुनैपनि सदस्य डिप्रेसनमुक्त हुनुपर्छ ।

कसरी थाहा पाउने डिप्रेसन ?

डिप्रेसनको सुरुवाती लक्षण थाहा पाएपछि त्यसको निदान खोज्न सकिन्छ । कसरी थाहा पाउने त डिप्रेसन भएको ?

–   राम्ररी निन्द्रा लाग्दैन ।

–   भोक लाग्न छाड्छ ।

–   अपराधवोध हुन्छ ।

–   हरेक समय उदास देखिन्छ ।

–   आत्माविश्वास कमी हुन्छ ।

–   थकान महसुष हुन्छ ।

–   उत्तेजना एवं अधैर्य हुनु ।

–   एकाग्रतामा कमी हुन्छ ।

–   कुनैपनि कुरामा चासो नजाग्नु ।

–   रमाइलो माहौलभन्दा एक्लै बस्न रुचाउनु ।

कसरी बच्ने डिप्रेसनबाट

यदि उल्लेखित लक्षण देखिएमा डिप्रेसनको संभावना हुन्छ । अतः यसबाट बच्नका लागि जीवनशैली, वातावरण वदल्नुपर्छ । खासगरी डिप्रेसनग्रस्त व्यक्ति भन्दा पनि उसका साथी वा परिवारका सदस्यले यस काममा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

१. कुनै साथी वा परिवारका सदस्य चिन्ताग्रस्त देखिन्छन् वा उनमा डिप्रेसनको लक्षण छ भने खुलेर कुराकानी गर्ने वातावरण तय गर्नुहोस् । आपसमा बात मार्नुहोस् । उत्साह जगाउने विषयमा चर्चा गर्नुहोस् ।

२. यस्तो काममा उनीहरुलाई व्यस्त बनाउनुपर्छ, जसबाट मनोरञ्जन र खुसी प्राप्त हुन्छ । सानोतिनो काम गर्न, सधै सक्रिय रहने वातावरण बनाइदिनुपर्छ । फूल बगैंचामा काम गर्ने जस्ता गतिविधिमा सरिक गराउनुपर्छ ।

३.  व्यायाम र सन्तुलित खानपानमा पनि ध्यान दिनुपर्छ । यसका लागि तपाईले सहयोग गर्न सक्नुहुनेछ । बैज्ञानिक शोध अनुसार व्यायामले सेरोटोनिन र टेस्टोस्टेरोन जस्ता हर्मोन स्राव हुन्छ, जसले मस्तिष्कलाई शान्त एवं स्थिर राख्छ । यसले डिप्रेसन बढाउने बिचार कम हुन्छ ।

४. कुनैपनि राम्रो काम गर्नका लागि हौसला दिनुहोस् । कुनैपनि अवस्थामा कमजोर महसुष गराउने काम नगरौं । उनीहरुले आफुलाई सक्षम र उर्जावन महसुष गर्न सकोस् ।

५. कहिले घुमफिरमा लान सकिन्छ । कहिले फिल्म हल त कहिले रेष्टुरेन्ट लान सकिन्छ । यसले उनीहरु नयाँ माहौलमा रमाउन थाल्छन् र चिन्ता कम हुन्छ ।

६. नराम्रो वा नकारात्मक धारणा राख्ने, निराशावादी मानिसहरुसँग दुरी बढाउनुपर्छ । किनभने परिवार वा समाजमा धेरै मानिस परपीडक हुन्छन्, जो अरुलाई पीडा दिएर रमाउँने प्रवृत्तिको हुन्छ । त्यस्ता व्यक्तिसँग संगत गर्न दिनुहुँदैन ।

You may also Like this

थप समाचार

सामाजिक सञ्जालमा फेरी ट्रोलको सिकार भइन् प्रियंका !

काठमाडौं, भदौ १ । भारतको स्वतन्त्रता दिवसको अवसरमा हरेक वलिउड सेलिब्रेटीले आफ्नो फ्यानलाई सामाजिक सञ्जालबाट शुभकामना दिएका छन ...

यी हुन् वर्ष खेलाडीको अन्तिम ३ मा पर्ने धुवादार स्टारहरु
यी हुन् वर्ष खेलाडीको अन्तिम ३ मा पर्ने धुवादार स्टारहरु

३२ साउन, एजेन्सी । युइएफए वर्ष खेलाडीका लागि जियानलुइजी बुफोन, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो अन्तिम छनौटमा परेका छन् ...

एमालेको प्यानलै विजयी
एमालेको प्यानलै विजयी

३० साउन । जिल्ला समन्वय समिति इलाममा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका गणेश बरालले १६ मत प्राप्त गर्नुभयो उहाँको नि ...

बोल्नै नसक्ने अवस्थामा डा. केसी
बोल्नै नसक्ने अवस्थामा डा. केसी

काठमाडौं, साउन ३० । गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पु¥याउने मुख्य मागसहित आमरण अनशनरत प्रा. डा. ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...