झा. चिनियाँ अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त

२०७४ साउन २५ गते १३:५१ मा प्रकाशित


rajiv-kumarjha२५ साउन, काठमाडौं । नेपाली प्राध्यापक डा राजिवकुमार झा चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजीवीहरुको संस्था (थिंक ट्याङ्क) को अन्तर्राष्ट्रिय विभागको संयोजकमा नियुक्त भएका छन ।

चिनियाँ र अन्तर्राष्ट्रियस्तरका बुद्धिजीवीहरुको संलग्नतामा चीन सरकारद्वारा स्थापित संस्था ‘सान्सी इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट’ को अन्तर्राष्ट्रिय संयोजक तथा अनुसन्धातामा तीन वर्षका लागि प्राडा झा नियुक्त भएका हुन ।

उक्त संस्थाले चीनको विकास र अनुसन्धानमा सहयोग गर्ने, चीनको महत्वाकांक्षी आयोजना ‘वानबेल्ट वान रोड’ को सफलताका लागि यस आयोजनासँग आबद्ध विश्वका देशहरुसँग समन्वय गरी ती देशको विकास प्रयासमा सहायता प्रदान गर्ने, चीनको आर्थिक, सामाजिक, कानुनीलगायतका विभिन्न क्षेत्रका लागि आवश्यक नीति निर्माण गर्ने र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विकास र विस्तार गर्ने काम गर्दछ ।

उक्त संस्थामा चीन सरकारका उच्च पदस्थ वर्तमान तथा निवृत्त अधिकारी, नीतिनिर्माता, प्राध्यापक, बुद्धिजीवी, चिनियाँ तथा विदेशी विकासविद्, कानुनविद्लगायत संलग्न छन् ।

साथै, सो संस्थाले हरेक वर्ष विभिन्न क्षेत्रका १०० जना प्रतिभाशाली व्यक्ति ‘सय प्रतिभा’ ९हन्ड्रेड ट्यालेन्ट० पनि छनौट गर्ने गर्छ । प्राडा झा सन् २०१४ मा सो प्रान्तको एक सय प्रतिभामा छानिएका थिए ।

विगत २० वर्षदेखि चीनमा रहनुभएका प्राडा झा हाल सान्सी प्रान्तको राजधानी सहर सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा प्राध्यापन र अनुसन्धानरत छन ।

उनले चीनको सियान जियानतोङ विश्वविद्यालयबाट प्याङ्क्रियाटिजमा लाग्ने क्यान्सरका कोषहरुको वृद्धिदर कम गर्ने विषयमा विद्यावारिधी गरेका हुन । उनले सन् २०१३ मा सोही विश्वविद्यालयबाट सोही विषयमा महाविद्यावारिधी ९पोष्ट डक० गरेका छन ।

उनको नाममा चीन सरकारले सन् २०१५ मा युनिभर्सिटी अफ सियानमा ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिवकुमार झा’ पनि स्थापना गरेको छ ।

त्यस संस्थामार्फत उनले मेडिकल क्षेत्रमा अनुसन्धान गरिरहेका छन । उनले महाविद्यावारिधिमा प्याङ्क्रियाजमा लाग्ने क्यान्सरका कोषहरुको वृद्धिको गतिलाई कसरी र कुन उपचार विधिबाट कम गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरेका थिए ।

उनले हाल यस विषयमा सियान मेडिकल युनिभर्सिटी बाहेकका अरु तीनवटा विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रुपमा प्राध्यापन गरिरहेका छन ।

विसं २०३६ मा धनुषाको प्रवाहा गाउँमा जन्मिएका डा झा २० बर्षअघि एमबिबीएस अध्ययन गर्न चीन गएका थिए । विद्यावारिधि सकेपछि उनी चीनमा नै प्राध्यापनरत छन ।

उक्त पदमा नियुक्तिपछि प्रा।डा।झाले भने ‘मलाई लाग्छ चीनमा बसेर आफ्नो पेसा र व्यवसाय गरिरहेका नेपालीमा यति उच्च पदमा सम्भवतः पहिलो नेपालीका रुपमा आफूले नियुक्ति पाएको खबरले निकै खुसी तुल्याएको छ ।’

चीनले नेपालसँगको सम्बन्धमा पछिल्लो समयमा निकै महत्व दिएको रुपमा आफूले बुझेको र सोही परिणामस्वरुप आफूले चीनको यो अन्तर्राष्ट्रियस्तरको थिंक ट्याङ्क संस्थामा महत्वपूर्ण जिम्मेवारी पाएको भन्दै उनले यसबाट नेपाल–चीन सम्बन्धको विकास र सम्बद्र्धनमा ठूलो सघाउ पुग्ने धारणा पनि राखे ।

चीनले ओबोरलाई महत्व दिएको र यस संस्थामार्फत पनि ओबोरमा संलग्न राष्ट्रहरुको विकासमा सहयोग गर्ने भएकोले नेपालको कृषि, पूर्वाधार निर्माण, पर्यटनजस्ता क्षेत्रमा चिनियाँ लगानी भित्र्याउन र अरु विविध क्षेत्रमा अनुसन्धानका लागि पनि सहयोग पुग्ने धारणा उनको छ । रासस

You may also Like this

थप समाचार

महानगरपालिकाले २५ करोड खर्चिएर खाल्डा पुर्ने
महानगरपालिकाले २५ करोड खर्चिएर खाल्डा पुर्ने

काठमाडौं, कात्तिक २० । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने भएको ...

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...