यी नाकामा गर्दैछ चीनले स्थलगत अध्ययन

२०७४ असोज ५ गते १७:३२ मा प्रकाशित


boderकाठमाडौं, असोज ५ । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये केही नाकाको स्थलगत अध्ययन गर्ने भएको छ ।

वार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले सीमा जोडिएका १३ नाका खोल्न चिनियाँ प्रतिनिधिमण्डलसँग प्रस्ताव गरेको थियो । प्रस्तावपछि चिनियाँ प्रतिनिधिमण्डलले नाकाको नाम नलिए पनि पाँचवटा नाकाको स्थलगत अध्ययन गर्नुपर्ने जवाफ दिएको नेपाली वार्ता टोलीका प्रमुख भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सरोज प्रधानले जानकारी दिए।

‘तातोपानी नाका बन्द गर्न चिनियाँ प्रतिनिधिमण्डलले प्रस्ताव गरेको भनी प्रचारमा आएजस्तो वार्तामा कुरा भएको छैन, हामीले प्रस्ताव गरेका १३ नाकामध्ये पाँचवटाको स्थलगत अध्ययन गर्नुपर्छ भने पनि चिनियाँ पक्षले ती नाकाको नाम उल्लेख गरेन’, उनले भने।

तीन महिनामा चिनियाँ पक्षले स्थलगत अध्ययन गरेपछि पुनः वार्ता गरी सम्झौता संशोधन गर्ने सहमति भएको सहसचिव प्रधानले बताए । मन्त्रालयमा सोमबार मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनियाँ राजदूत यू होङलगायत अधिकारीसमक्ष सीमा जोडिएका १३ नाका खोल्न प्रस्ताव गरेका थिए।

नेपाल–चीन सडक यातायात सम्झौता कार्यान्वयन गर्ने दस्तावेज ९प्रोटोकल० संशोधन गरी थप नाका खोल्ने तयारी सरकारले गरेको थियो । तयारीस्वरुप नेपालका लागि चिनियाँ राजदूतलगायत अधिकारीलाई मन्त्रालयमै बोलाएर मन्त्री बलायरले कुरा गरेका हुन् ।

विसं २०५१ मा भएको दुई देश बीचको सडक यातायात सम्झौताका विषयमा वार्ता गर्न चीनको सरकारी प्रतिनिधिमण्डल सोमबार नै नेपाल आएको थियो । यससम्बन्धी वार्ता गत वर्ष चीनको ल्हासामा भएको थियो । यसअघि चीनसँग खासा–यारी ९हुम्ला०, खासा–रसुवागढी, खासा–ओलाङ्गचुङ्गोला नाका खोल्ने सम्झौता भइसकेको छ ।

सरकारले बुधबारको वार्तामा रसुवागढी–हिल्सा, रसुवागढी–कोरला, खासा–कोरला, रसुवागढी–डोल्पा, खासा–डोल्पा, रसुवागढी–दार्चुला, रसुवागढी–ताक्लाकोट, खासा–ताक्लाकोट, रसुवागढी–ओलाङ्गचुङ्गोला र रसुवागढी–किमाथांका नाका खोल्न प्रस्ताव गरेको वार्ता टोली संयोजक प्रधानले जानकारी दिए।

थप नाका खोल्ने प्रस्तावमा सहमति भएपछि नेपालको कार्गो ट्रक चीन कसरी लैजाने र चीनको कार्गो नेपाल कसरी प्रवेश गराउने भन्ने विषयमा सहजता हुने मन्त्रालयले जनाएको छ । रासस

You may also Like this

थप समाचार

साथीहरुको चाहना रह्यो भने नेतृत्व दोहोर्याउन तयार छुः एनप्याब्सन अध्यक्ष शाही (भिडियो)
साथीहरुको चाहना रह्यो भने नेतृत्व दोहोर्याउन तयार छुः एनप्याब्सन अध्यक्ष शाही (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को छैंठौ राष्ट्रिय महाधिवेशन कात्तिक १७ देखि १ ...

रातको १२ बजे पनि जनताका समस्याका निम्ती हिडेको छुः नेपाली कांग्रेस युवा नेता बुढाथोकी (भिडियो)
रातको १२ बजे पनि जनताका समस्याका निम्ती हिडेको छुः नेपाली कांग्रेस युवा नेता बुढाथोकी (भिडियो)

काठमाडौँ । देश भर चुनाबी माहोल तातेको यो समयमा प्रतिनिधि सभा तथा प्रदेश सभामा कुन नेता कुन क्षेत्रमा उठ्ने ? भन्ने कुरा चर्च ...

मेरो स्वर मेरो देशलाई, मलाई देश छाडेर प्रगती गर्ने रहर छैनः गायीका बर्मा
मेरो स्वर मेरो देशलाई, मलाई देश छाडेर प्रगती गर्ने रहर छैनः गायीका बर्मा

काठमाडौँ । बाहिरी आखाले हेर्दा सुन्दर चेहेरा, मन्द मुस्कानमा देखिने सुजाता बर्मा नेपाली गीत संगीत तथा शास्त्रीय संगीतकी साधक ...

मेस्सी चम्किदा विश्वकपमा छानियो अर्जेन्टिना
मेस्सी चम्किदा विश्वकपमा छानियो अर्जेन्टिना

२५ असोज । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिना छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...