६ असोज, काठमाडौं । चिकित्सकहरुले शुक्रबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।
उपचारका क्रममा बिरामीको मृत्यु भए उपचारमा संलग्न चिकित्सक स्वयंले क्षतिपूर्ति बेहोर्नुपर्ने सरकारी निर्णयको विरोधमा चिकित्सकहरुले आन्दोलन गरेका हुन् ।
अस्पताल र नर्सिङहोममात्रै होइन, क्लिनिकसमेत बन्द हुँदा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बन्चित भएका छन् ।
नेपाल चिकित्सक संघले निर्णय सच्याउन सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको थियो । तर, निर्णय यथावत रहेपछि संघ अनिश्चितकालीन आन्दोलनमा उत्रिएको हो ।
संघले सरकारसँग तीन बुँदे माग राखेको छ । चिकित्सक स्वयंले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भनेर २ असोजमा मन्त्रिपरिषद बैठकबाट भएको निर्णय फिर्ता लिनुपर्ने उसको मुख्य माग छ । यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हातपात गर्नेलाई बिना धरौटी जेल चलान गर्नुपर्ने र विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि नेपाल चिकित्सक संघले राखेको छ ।
काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...
काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...
काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...
दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...