अमेरिकाविरुद्ध उत्तर कोरियाले दियो अहिलेसम्मकै कडा चेतावनी

२०७४ भदौ २८ गते ११:१५ मा प्रकाशित


donald-trump-kim-jong२८ भदौ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले नयाँ प्रतिबन्ध लगाएपछि उत्तर कोरियाले अमेरिकालाई अहिलेसम्मकै कडा चेतावनी दिएको छ । उत्तर कोरियाले अमेरिकालाई अकल्पनीय क्षति पुर्याउने चेतावनी दिएको छ ।

सुरक्षा परिषदले हालै अमेरिकी प्रस्तावमा उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णय पारित गरेको थियो । तेल निर्यात रोकेर हतियार खरिदका लागि समस्यामा पार्न उत्तर कोरियाविरुद्ध नयाँ प्रतिवन्धको घोषणा गरिएको छ ।

यसै महिना उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेपछि त्यसैको जवाफस्वरुप राष्ट्रसंघले यो प्रतिबन्ध लगाएको हो । राष्ट्रसंघका लागि उत्तर कोरियाका प्रतिनिधि हान ताय सोङले प्रतिबन्ध अवैध भएको बताएका छन् ।

जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघको एक सम्मेलनमा सोङले भने, ‘उत्तर कोरियाले अब जे गर्दैछ त्यसले अमेरिकालाई ठूलो क्षति पुग्नेछ, जुन यसअघि कहिल्यै भएको थिएन ।’ संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले भने लगातार परमाणु हतियार परीक्षण गर्दै आएको छ ।

पछिल्लो समय उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने ब्यालेष्टिक मिसाइल परिक्षण र जापानी आकाशमा क्षेप्यास्त्र प्रहार गरेपछि ठूला शक्ति राष्ट्रहरुमा त्रास फैलिएको छ । एजेन्सी

You may also Like this

थप समाचार

महानगरपालिकाले २५ करोड खर्चिएर खाल्डा पुर्ने
महानगरपालिकाले २५ करोड खर्चिएर खाल्डा पुर्ने

काठमाडौं, कात्तिक २० । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने भएको ...

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...