शिक्षक र मन्त्रालय बीचको सहमति कार्यान्वयन गरिए मुद्दा दायर गर्ने चेतावनी

२०७४ असार २५ गते १६:२६ मा प्रकाशित


co-t-union२५ असार, काठमाडौं । अस्थायी शिक्षक र मन्त्रालय बीचको सहमति कार्यान्वयन गरिए अदालतमा मुद्दा दायर हुने भएको छ । मन्त्रालय र अस्थायी शिक्षकहरु बीच फेरी वार्ता शुरु भए वा विगतको सहमति कार्यान्वयनमा लगिए अदालतमा मुद्दा हाल्ने तयारी भएको हो ।


शिक्षकको मौलिकहक विरुद्ध प्रकार र प्रतिशतका आधारमा विभाजन गर्नेगरी सहमति गरेको तथा सर्वोच्च अदालतको फैसला अवज्ञा गर्दै पुनः वार्ता गर्ने सुचना प्राप्त भएको भन्दै पुनरुत्थान पार्टी नेपालले र सामुदायिक विद्यालय शिक्षक युनियनले अदालतमा मुद्दा दायर गर्ने जनाएका हुन् ।


राजधानीमा शुक्रवार पत्रकार सम्मेलन गर्दै उनीहरुले यदि शिक्षा मन्त्रालय र अस्थायी शिक्षकहरुले वार्ता गरे वार्तामा सहभागीहरुलाई अदालतको मानहानी गरेको भन्दै कैद जरिवाना सहितको पटके मुद्दा दायर गर्ने जानकारी दिए ।


कार्यक्रममा सामुदायिक विद्यालय शिक्षक युनियनका उपाध्यक्ष दण्डपाणी भूसालले शिक्षकको सुविधाको विषय मौलिक अधिकारको विषय भएकोले वार्ता, सहमति गर्नू कानून विपरीत हुने दावी समेत गरे ।

त्यस्तै, पुनरुत्थान पार्टी नेपालका अध्यक्ष गोविन्द पौडेलले विगतमा शिक्षक र सरकार बीच भएका सहमतिले एउटै आस्थाका शिक्षकहरुमा प्रतिशत, समय सीमा र प्रकारका आधारमा विभेद भएकाले फेरी त्यस्तै सहमतिका लागि वार्ता गरिए अदालतमा मुद्दा दायर गरिने चेतावनी दिए ।


२०३६ सालदेखि नै आन्दोलनको दबाबमा गरिएका बिसौं बढी सहमतिले शिक्षक वर्गलाई प्रकार, प्रतिशत र समय रेखाको आधारमा वर्गिकरण गरेकाले यस्तो वर्गिकरण समानताको हक विपरित भएकोले कार्यान्वयनमा रोक लगाउन सर्वोच्च अदालतमा ०६५–०६९५ को रिट निवेदन दर्ता भई उक्त रिट निवेदनमा सर्वोच्चले ०६७ माघ २३ मा प्रतिवेदन, सहमति कार्यान्वयन नगर्न निर्देशनात्मक आदेश जारी गरिसकेकाले अब सहमति भए त्यो सर्वोच्च अदालतको आदेशको विरुद्धमा हुने पार्टीका अध्यक्ष पौडेलले जानकारी दिए ।


शिक्षकमा संघ÷संगठन र सरकारले उक्त आदेश नै नभएजस्तो गरी पुनः आन्दोलनको दबाबमा सहमति गर्ने कार्य यथावत रहेकाले अदालतको अपहेलनामा कार्वाहीको मुद्दा ०६९–ध्क्–००२१ दायर भएको र उक्त मुद्दामा कथित सहमति कार्यान्वयन नहुने भन्ने लिखित जवाफ तत्कालिन शिक्षा सचिव हालका मुख्य सचिव सोमलाल सुवेदी समेतले लगाएको भएतापनि पुनः अस्थायी शिक्षक आन्दोलनको दबाबमा वार्ता र सहमति गरिएको र पुनः वार्ता हुने सम्भावना रहेकोले अस्थायी शिक्षकसँग कुनैपनि वार्ता र सहमति नगर्न साथै भएका सहमति समेत कार्यान्वयन नगर्न पुनरुत्थान पार्टी नेपालका मध्यमाञ्चल संयोजक शरद मिश्रले जानकारी दिए । उनीहरुले अस्थायी शिक्षकहरुसँग कुनैपनि वार्ता र सहमति नगर्न र गर्न नदिन भन्दै शुक्रवार नै प्रधानमन्त्री, मूख्य सचिव, शिक्षामन्त्री र फैसला आदेश अनुगमन कार्यालयमा समेत निवेदन दर्ता गराएका पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


यदि नेपाल सरकारले अस्थायी शिक्षक आन्दोलनसँग पुनः वार्ता र सहमति गरिएमा सम्बन्धित व्यक्तिलाई सर्वोच्च अदालतको अपहेलनामा मुद्दा चलाई कार्वाही गर्न बाध्य हुने समेत मिश्रले चेतावनी दिए ।


अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीच असार ९ गते भएर चारबुंदे सहमति भएको थियो । जसमा अस्थायी शिक्षकहरुलाई परीक्षा पछिको सुविधा दिने, पाठ्यक्रम परिमार्जन गर्ने, विज्ञापनमा रहेको खुला र आन्तरिकको अनुपात मिलाउने लगायतका सहमति भएका थिए । उक्त सहमति अनुसार गठीत कार्यदलको वार्ता यही असार २४ गते पुन हुने भन्ने सुन्नमा आएएकाले शिक्षकसँग वार्ता र सहमति नगर्न उनीहरुले शिक्षा मन्त्रालयको समेत ध्यानाकर्षण गराएका छन् ।co-t-union

 

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...